२० वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपाल समूह उपविजेता

भारतसँग ३–१ को सेटमा पराजित भएसँगै नेपाल राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा समूह ‘ए’ को उपविजेता बनेको छ।

एमालेमा विद्रोहको तयारीः नेता नेपालद्वारा केन्द्रीय सदस्यसँग अलगअलग परामर्श

अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले अघि बढ्न विधान संशोधनलगायतका प्रक्रिया सुरु गरेपछि नेपाल पक्षले देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै विद्रोहको तयारी गरेको हो।

संसद् बिजनेसविहीन सभामुख अलमलमा

एमाले माधव नेपाल समूह सरकारमा सहभागी हुने नहुने निश्चित नभएसम्म मन्त्रिमण्डल विस्तार नहुने र मन्त्रिमण्डल विस्तार नभएसम्म संसद्ले बिजनेस नपाउने अवस्था आएको सरकारी स्रोत बताउँछ। माधव नेपाल समूह सरकारमा सहभागी भएमा संसद्मा सरकारले ल्याएका विधेयक पारित गर्न सहज हुनसक्छ भन्ने सरकारको बुझाइ छ।

नेपाल समूहले बनायो ‘पिपल्स भोलेन्टियर’

एमाले अध्यक्ष केपी ओली समूहको युवा संघले युथ फोर्स ब्युँताएपछि नेपाल समूहले पनि पिपल्स भोलेन्टियर ब्युँताएको हो। समूहले यसअघि नै अखिल फोर्स गठन गरिसकिएको छ।

माधव नेपाल समूहले गरे शिव श्रेष्ठको संयोजकत्वमा पिपल्स भोलेन्टियर घोषणा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक हजार एक सदस्यीय युथ भोलेन्टियर गठन भएको घोषणा गरेका छन्।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

आज नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्दैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

माधवकुमार नेपाल समूहका केही नेताले विश्वासको मत नदिने

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका करिब १५ जना नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन्।

नेता नेपाल विपक्षी गठबन्धनमा नबस्ने

वरिष्ठ नेता नेपालले पार्टीमा एकताका लागि भइरहेको प्रयास अन्तिममा पुगेको भन्दै विपक्षी गठबन्धनमा बस्ने नसकिने बताएको नेकपा(एमाले)का नेता रघुजी पन्तले जानकारी दिए।

एमाले एकता पक्षमा नेपाल समूह लचिलो

विवाद निरूपणका लागि वार्ता र छलफललाई निरन्तरता दिने तर ओली पक्षले एकपक्षीय रूपमा शुक्रबार बोलाएको बैठकमा नजाने निर्णय।

खनाल–नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

नेकपा (एमाले) ले बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ।

प्याकेजमा सहमति खोज्दै नेपाल समूह

ओली समूहको बुधबारको बैठकले नेपाल समूहका केही मागलाई सम्बोधन गरेको भए पनि सल्लाहबिना नै आठजनालाई स्थायी समिति सदस्यमा मनोनयन गरेपछि नेपाल पक्ष झनै सशंकित भएको छ।

एमालेका पुराना संरचना ब्युँताउने निर्णय

नेपाल समूहका नेताहरूसँगको अनौपचारिक छलफलपछि नै १८ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाउन लागिएको हो। २०७५ जेठ ३ गतेसम्म जो जुन पदमा थिए, सोही पदीय हैसियतमा बैठकमा सहभागी हुने गरी कार्यतालिका तय गरिएको छ।

माधव नेपाल समूहका जीवन राईको नेतृत्वमा नयाँ दल दर्ता

नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर नेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बुधवार निर्वाचन आयोगमा दर्ता भएको छ।

नेपाल पक्षको अडानः लोकतन्त्रको रक्षार्थ हस्ताक्षर फिर्ता हुन्न

एमाले नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि जारी गरेको वक्तव्य जालझेलपूर्ण रहेको निचोड निकाल्दै सर्तरहित एकता हुनुपर्नेमा जोड दिएका छन्।

ओलीलाई नेपाल समूहको साढे ४ बजेसम्मको अर्को अल्टिमेटम

नेकपा एमालेकाे नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्