१० मंसिर २०८१ सोमबार
image/svg+xml

कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दोस्रो पटक लिलामका लागि राखेका पाँच चिनियाँ जहाज सकार्न कुनै पनि प्रस्ताव नपरेपछि मंगलबार पुनः ग्लोबल टेन्डर आह्वान गरिएको छ।

ज्येष्ठ पत्रकार पेन्सन योजना तत्काल कार्यान्वयनमा लैजान समितिको आग्रह

वीरगन्ज महानगरपालिकाको आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिको आज सम्पन्न बैठकले ज्येष्ठ पत्रकार पेन्सन योजनाको कार्यविधि तयार भइसकेको हुँदा त्यसलाई नगर परिषदबाट पारित गरेर कार्यान्वयनका लागि लैजाने निर्णय गरेको छ।

स्मार्टको लाइसेन्समा एनसेलको चलखेल

एनसेलको लाइसेन्स ६ वर्षपछि सरकारको स्वामित्वमा आउनुपर्नेछ। त्यसलाई छल्न एनसेलले सस्तोमा स्मार्टको लाइसेन्स खरिद गर्न खोजिरहेको छ।

दहत्तरबहत्तर संकलनका लागि एक महिनाभित्र टेन्डर गर्न निर्देशन

दहत्तरबहत्तर नियमित उत्खनन नहुँदा राजस्व संकलनमा समस्या आएको निश्कर्ष निकाल्दै समितिले आगामी दिनमा नियमित रूपमा दहत्तरबहत्तर उत्खननको वातावरण मिलाउन महानगरलाई निर्देशन दिएको छ, जसका लागि समितिले तत्काल टेन्डर आह्वान गर्न भनेको छ।

भारतबाट ८० हजार मेट्रिक टन मल ल्याउने

सरकारले भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ। मल खरिदका लागि भारतसँग जिटुजी गरेको सरकारले असारसमान्तसम्म ८० हजार मेट्रिक टन मल ल्याउने प्रक्रिया अघि बढेको जनाएको छ।

रासायनिक मल किन्न पौने १३ अर्ब

रासायनिक मलको अभाव हुन नदिन सरकारले आगामी आर्थिक वर्षका लागि पौने १३ अर्ब रूपैयाँ स्रोत सुनिश्चित गरेको छ।

प्रमको उधारो टेन्डर र कांग्रेस सभापति

बुझिने गरी बोल्न नसक्ने, जनताको हित हुने काम गर्नै नजान्ने, पार्टीको मर्यादा राख्न नचाहने, लोकतन्त्रलाई जनउत्तरदायी प्रणाली बनाउन नसोच्ने, केवल सातपटक प्रधानमन्त्री हुने रेकर्ड बनाउने ध्याउन्न भएका पात्रलाई प्रधानमन्त्रीको रूपमा सिंगार्न के हेरेर रोजियो होला ?

निकुञ्ज र मध्यवर्ती क्षेत्रका होटलको टेन्डर साउनमा

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ। निकुञ्जले आउँदो साउनमा टेन्डर निकाल्ने गरी प्रक्रिया अघि बढाएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७४/७५ मा नै टेन्डर गर्ने तयारी गरेको थियो।

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटलहरूको आउँदो साउनमा टेन्डर हुने

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ। निकुञ्जले आउँदो साउनमा टेन्डर निकाल्ने गरी प्रक्रिया अघि बढाएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७४/७५ मा नै टेन्डर गर्ने तयारी गरेको थियो।

धमाधम पूर्वाधारका टेन्डर आह्वान

सडक विभागले चालु आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा परेका पूर्वाधार निर्माणको ठेक्का प्रक्रिया धमाधम अघि बढाएको छ। सडक विभागले बर्खाअगावै चालु आवमा निर्माण गर्नुपर्ने योजनाको बोलपत्र आह्वान गर्दै प्राविधिक प्रक्रिया अघि सारेको हो।

१७ नयाँ भवन बनाउँदै वाणिज्य बैँक

कमजोर व्यवस्थापनका कारण लामो समय घाटामा सञ्चालन भएको सरकारी मातहतको वाणिज्य बैँकले नाफा वृद्धि गरेसँगै नयाँ भवन निर्माण गर्ने भएको छ।

कहाँ अड्कियो विद्युत् सब–स्टेसन टेन्डर

भैरहवाको विशेष आर्थिक क्षेत्रमा विद्युत्सब–स्टेसनको टेन्डर खुलाउने तयारीमासेज प्राधिकरण जुट्न थालेको तीन वर्ष भयो।

सुक्खा बन्दरगाह सञ्चालनका लागि टेन्डर

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह सञ्चालनका लागि भएको ठेक्काको म्याद सकिनै लाग्दा अर्को पाँच वर्षका लागि टेन्डर अह्वान गरिएको छ। सुक्खा बन्दरगाहको स्वामित्व ग्रहण गरेको नेपाल सरकार वाणिज्य मन्त्रालयमातहतको नेपाल इन्टरमोडेल यातायात विकास समितिले कम्तीमा तीन महिनाअगावै गर्नुपर्ने टेन्डर गत मंगलबार आह्वान गरेको छ।

कमिसन चक्करले टेन्डर रद्द

सुरक्षण मुद्रण केन्द्र र राहदानी विभागबीचको स्वार्थ नमिल्दा टेन्डर रद्द गर्नुपरेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्