२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

संक्रामक रोगको पुनरागमन सजगता अपनाऔं

हाल कोरोनाकालभरि अवलम्बन गर्दै आइरहेका जनस्वास्थ्य मापदण्ड चटक्कै बिर्संदै जाँदा संक्रामक रोगहरूले पुनरागमन गरिरहेको संकेतहरू देखिन सुरु भइसकेको छ । तसर्थ बर्सेनि देखिँदै आइरहेका मौसमी संक्रामक रोगहरू विकसित देशहरूले जस्तै इतिहासमा सीमित पार्न खानपान र सरसफाइलाई बेवास्ता नगरौं ।

कोरोना कहरः शहरभन्दा गाउँमा बढी सजगता

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन सरकारले लक डाउन घोषणा गरेको छ। सरकारले लक डाउन घोषणा गरेको तेस्रो हप्ता सुरु हुँदासम्म काठमाडौं उपत्यकामा अवज्ञा गर्ने सयौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अत्यावश्यक कामको बाहनामा लक डाउन उलंङ्घन गर्नेको संख्या राजधानीमा बढेको छ। राजधानीमै संघीय सरकारले घोषणा गरेको लक डाउनको पालना नहुँदा स्थानीय स्तरमा भने जनता निकै सजग र सचेत देखिन्छन्।

कोरोना सजगता : गाउँका पुल र सडक बन्द

कोरोना भाइरस (कोभिड–१९) जोखिम नियन्त्रणको लागि तनहुँमा सजगता अपनाइएको छ। कोरोनाको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको पहिलो साता कार्यन्वयनमा अटेरी गरेका स्थानीयहरुमा हाल सुरक्षित रहन विभिन्न उपाय अपनाउन थालेका छन्। लकडाउनमा पनि खुला रहेका गाउँघर बन्द हुन थालेका छन्। छिमेकी गाउँको आवतजावत रोक्नलाई प्रवेशद्धारका झोलुङ्गे पुल, मोटरेवल पुल, सडकमा बाँस, ढुंगामुढा राखेर रोक लगाएका छन्। कतिपय स्थानमा त सडकमा रुख नै ढालेर अबरुद्ध पारिएको छ।

सजगता सर्वोत्तम उपाय

राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले नोवेल कोरोना भाइरस अहिलेसम्म समुदायमा नफैलिएको हुनाले जनमानसलाई आंतकित नहुन अनुरोध गरेको छ।

मतगणना सहज बनाउन प्राधिकरणको विशेष सजगता

स्थानीय तहको निर्वाचनको मत गणना भइरहेका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले विशेष सजगता अपनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्