२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेसको दोस्रो चरणको जागरण अभियान प्रदेश केन्द्रीत, नेताले बोल्ने कम सुन्ने बढी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे दोस्रो चरणको जागरण अभियान प्रदेश केन्द्रीत हुने भएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै वीपी कोइरालाको १०६औं जन्म जयन्तीका अवसरमा भदौ २४ गतेबाट सुरु हुने हिमाल, पहाड, तराई–मधेस (हिपतम) जागरणको दोस्रो चरणको अभियान ३३० प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रीत हुने जानकारी दिएका छन्।

सरकारको सबै गतिविधि जनभावना विपरितः देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अक्षरसः पालना गराउन सरकारलाई हरपल खबरदारी गर्न सबैलाई आह्वान गरेका छन्।

अमेरिकामा भएको सडक दुर्घटनामा तीन नेपालीको मृत्यु

अमेरिकाको मिजौरी राज्यमा मंगलवार अपरान्ह भएको एक सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चार वर्षीय बालक र सवारी चालक गम्भिर घाइते भएका छन्। घाइतेमध्ये ४ वर्षीय बालकको अवस्था चिन्ताजनक रहेको स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाली सेनालाई चीनको सहयोग

चीन सरकारले नेपाली सेनालाई राष्ट्र संघीय मिसन र विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री सहयोग गरेको छ।

सरकारविरुद्ध गाउँगाउँबाट आन्दोलन चर्काउने कांग्रेसको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ। नेपाली काँग्रेसले बुधबार पार्टी केन्द्रिय कार्य समितिले गरेको १७ बूँदे निर्णय सार्वजनिक गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको हो।

मल्लद्वारा नाम फिर्ता

अर्को महिना ओमानमा आयोजना हुने पाँच राष्ट्र सम्मिलित शृंखलामा नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन्।

एनआरएन रूसको नयाँ कार्यसमिति

रूसको राजधानी मास्कोमा आयोजित गैरआवासीय नेपाली संघ रूसको नवौं राष्ट्रिय अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै दश हजार डलरको अक्षयकोषको घोषणा गरेको छ।

सडक र सदन तताउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले मुलुकमा आर्थिक अनियमितता र भ्राष्टाचार मौलाउँदै गएको ठहर गर्दै त्यसविरुद्ध सडक र सदनबाट आन्दोलन गर्ने निर्णय गरेको छ। असार २२ गते सुरु भएको केन्द्रीय समितिको मंगलबार राति सकिएको बैठकले सडक र संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने निर्णय गरेको हो।

दोस्रो चरणको जागरण अभियानको तयारीमा कांग्रेस

नेपाली कांग्रेसले बुधबार (भोलि) पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ।

शोभाभगवती मन्दिरमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

नेपाली सेनाले काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। नेपाली सेनाको श्री जगदल गणले स्थानीय शहीद गंगालाल प्रगति क्लबसँग सहकार्य गरेर मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित शोभाभगवती मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो।

सेनाद्धारा निःशुल्क स्वास्थ्य शिविर संचालन

नेपाली सेनाले काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। नेपाली सेनाको श्री जगदल गणले स्थानीय सहीद गंगालाल प्रगति क्लवसँग सहकार्य गरेर मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित शोभाभगवती मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो।

ह्याकरहरुको पैसा साट्ने मनी एक्सचेन्जका तीन पक्राउः २९ लाख साटेको फेला

ह्याकरहरुले २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएको बोगटीले बताए।

‘लोकतन्त्र र आजको मार्क्सवाद’ माथि बहस

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले प्रत्येक व्यक्तिले राजनीतिमा चासो राख्दै राजनीतिमा हस्तक्षेप गर्नुपर्ने बताएका छन्। उनले राज्यले पनि जनताको विचार र चासोको ख्याल गर्नुपर्ने बताएका छन्। प्रा। चैतन्य मिश्र लिखित ‘लोकतन्त्र र आजको माक्र्सवाद’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै गिरीले भने, ‘अहिले नेपाल, समाज र जनताले खोजेको सामाजिक लोकतन्त्र हो तर अहिले नेपाल र नेपाली समाजको अराजनीतिकरण हुँदैछ। गणतन्त्रले ठाउँ पाएको छ जुन सबै जनताका लागि हानिकारक हो।’

अनार्थ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्ट हुने

नेपाली अनार्थ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्टको आयोजना हुने भएको छ । ललितपुरस्थित सुन्दर र शान्त बाल कल्याणकारी संस्थाले अनार्थ बालबालिकाको सहयोगार्थ युरोपका विभिन्न देशमा सांगीतिक कार्यक्रमको आयोजना गर्दैछ ।

१६ गैरनेपालीलाई नागरिकता दिएको आरोपमा पाँच जना पक्राउ

आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदारसहित पाँच जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्