coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

प्रदेशबाट ‘पुनर्जीवित’ एमाले गुटबन्दी

प्रदेश अधिवेशनमा नेताहरू विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, खगराज अधिकारी, यमलाल कँडेल, गोकुल बाँस्कोटा, महेश बस्नेत, लीलानाथ श्रेष्ठसमेतले आ–आफ्नो तहमा गुटबन्दी गरे। परिणाम अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयन प्रयास सार्थक भएन।

पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न पद्धति नै बदल्नुपर्छ : गगन थापा

नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नै नसकिने अवस्था रहेको बताएका छन्। तर, उनले गुटबन्दी रोग नभई लक्षण भएको बताए।

गुटबन्दीले थिलथिलो कांग्रेसः देउवाको भागमा अपजस मात्र

तेह्रौं महाधिवेशनअन्तर्गत २०७२ फागुन २५ गते भएको दोस्रो निर्वाचनबाट शेरबहादुर देउवा नेपाली कांग्रेसको मूल नेतृत्वमा पुगे। सभापतिमा निर्वाचित भएपछि देउवाले भनेका थिए, ‘पार्टीभित्र बृहत् एकता कायम गर्दै विधान अक्षरशः कार्यान्वयनसहित नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील कांग्रेस निर्माणमा लगाउनेछु।’ गुटबन्दीले थिलथिलो कांग्रेसमा देउवाको भनाइले ऊर्जा दिएको थियो तर विधानले दिएको चार वर्षसहित पाँचवर्षे कार्यकाल सकिँदा पनि पार्टीभित्र बृहत् एकता होइन, आन्तरिक किचलो झन् बढेको छ।

सरकारको प्रस्तावले राजपामा गुटबन्दी

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा आउन सर्तसहित प्रस्ताव राखेपछि राजपा अध्यक्षमण्डलका सदस्यबीच विवाद र गुटबन्दी अरू बढेको छ।

कर्मचारी गुटबन्दीले हाकिम टिक्नै गाह्राे

हालै सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले विकासनिर्माणका काम तीव्र गतिमा अघि बढाएका थिए। उनले वैशाखभित्रै सबै काम सक्ने लक्ष्यका साथ कर्मचारी परिचालन गरेका थिए।

नेकपा शीर्ष नेता गुटबन्दीमा : अध्यक्षबाटै निर्देशन उल्लंघन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत मंसिर २९ गते बसेको स्थायी कमिटी बैठकमा पार्टीभित्र गुटबन्दी मौलाएको उल्लेख गरे।

गुटबन्दी अन्त्य गर्न मुर्दावादको अभियान सञ्चालन गरौंः विष्णु पौडेल

महासचिव पौडेलले गुटको हित गर्नेले पार्टीले अहित गर्ने भएकाले पार्टीका हरेक कार्यकर्तालाई गुटगत गतिविधिलाई छाडेर एकतावद्ध संगठन र त्यसको प्रभावकारी परिचालनमा केन्द्रित हुन पनि सचेत गराए।

गुटबन्दीले कार्यकर्ता निरास

कांग्रेसका केन्द्रीय नेताहरूको व्यवहारले कार्यकर्तामा निराशा छाएको छ। केन्द्रमा नेतैपिच्छेको गुटबन्दी र व्यक्तिवादी प्रवृत्ति हावी हु“दा कार्यकर्ता निरास भएका हुन्। केन्द्रीय नेताहरू सानो सानो झुण्डको नेतृत्व गर्न थालेपछि पार्टीलाई नेतृत्व गर्ने नेताकै अभाव देखिन थालेको तत्ला तहका नेता तथा कार्यकर्ताको गुनासो छ। केन्द्रीय नेता एक ढिक्का हुन नसकिरहेका बेला चलाएको जागरण अभियानले पनि तल्ला तहका नेता कार्यकर्तालाई संकोच पैदा गरिरहेको छ। तल्लो तहका कार्यकर्तालाई नभई केन्द्रीय तहकै नेतालाई जागरण अभियानको खा“चो देखिएको नेपाल महिला संघ मोरङकी अध्यक्ष शान्ता पौडेल बताउ“छिन्।

गुटबन्दी गर्ने आफैं सकिन्छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी गर्नेहरू आफैँ समाप्त हुने भएका छन्। उनले गुटबन्दीले नेता र पार्टी दुवैलाई क्षति पुग्ने बताए। दमकमा नेकपाको नगर कमिटी र वार्ड कमिटीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीका आन्तरिक समस्या बैठकमा राख्ने परिपाटीको विकास गर्नुपर्ने बताए।

दुई उपकुलपति, संस्थागत गुटबन्दी

सरकारले बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको उपकुलपतिबाट बर्खास्त गरेका डा. राजकुमार रौनियारले बुधबार पुनः पदवहाली गरेका छन्। सर्वोच्च अदालतले रौनियारको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उनले पुनः पदवहाली गरेका हुन्। रौनियारसँगै प्रतिष्ठानमा दुईजना उपकुलपति छन्। दुई उपकुलपति भएपछि प्रतिष्ठानमा अन्योल बढ्नुका साथै संस्थागत गुटबन्दी सुरु भएको छ।

पार्टी भित्रको गुटवन्दी नेतृत्वले व्यवस्थापन गर्नुपर्छ : पौडेल

पार्टी सिद्धान्त र व्यवहारको संयोजन भएकोले विचारमा गुटबन्दी हुने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । विचारमा फरक मत हुने भए पनि त्यसको व्यवस्थापन नेतृत्वले गर्नुपर्ने पौडेलले बताएका हुन् । पौडेलले नेकपा दुई तिहाईको दम्भका कारण गलत बाटोमा हिँडिरहेको बताए।

नेकपामा नेतैपिच्छे गुट

तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन।’

कांग्रेस सर्लाहीमा चरम गुटबन्दी

नेपाली कांग्रेस सर्लाहीमा चरम गुटबन्दी देखिएको छ। महामन्त्री शशांक कोइरालाको प्रमुख आतिथ्यतामा मंगलबार सदरमुकाम मलंगवामा आयोजित कार्यक्रममा जिल्लास्तरीय नेता कार्यकर्ताले गुट उपगुटका कारण पार्टीको अवस्था धराशायी हुँदै गएको गुनासो समेत गरे। केन्द्रीय महामन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला सभापति नागेन्द्र कुमार रायसहित उनी निकटका नेता कार्यकर्ताको मञ्चमा उपस्थिती नै थिएन।

कर्मचारीको गुटबन्दी

मन्त्रालयमा एक दिन जिम्मेवार पदाधिकारीलाई देखिनँ, शंका लाग्यो । ‘अरू कर्मचारी कहाँ गए ?’ एक कर्मचारीलाई सोधेँ । ‘कार्यक्रममा गएका छन्,’ जवाफ आयो । गोकर्ण रिसोर्टमा कार्यक्रम राखिएको रहेछ । म मन्त्री हुँ तर सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मलाई खबरै छैन ।

गुटबन्दीबीच पर्सा काँग्रेसको जिल्ला अधिवेशन

पार्टीको माहाधिवेशन सकिएको ११ महिनापछि बिहीबार नेपाली काँग्रेसको पर्सामा १३ औं जिल्ला अधिवेश हुँदैछ । माहाधिवेशन पहिले नै करिब एक बर्ष अगाडी २०७२ माघ २५ भित्र गर्नुपर्ने जिल्ला अधिवेशन आन्तरिक गुटबन्दीले ढिलो गरी हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्