योगफल जिन्दगीको
निराशाहरू छोडिरहें ऊ आशाहरू तोडिरहन्छ डगरमा फूलहरू रोपिरहें ऊ सिसाहरू फोडिरहन्छ जिन्दगीलाई अभ्यास भन्न मन छ घरिघरि योगफल बिग्रिरहन्छ।
निराशाहरू छोडिरहें ऊ आशाहरू तोडिरहन्छ डगरमा फूलहरू रोपिरहें ऊ सिसाहरू फोडिरहन्छ जिन्दगीलाई अभ्यास भन्न मन छ घरिघरि योगफल बिग्रिरहन्छ।
किन आउँछौ उसलाई भेट्न गाउँमा, उसको त शहरतिर टोल फेरिएको हो। किन बिना अर्थ भ्रममा पर्छौ ब्राण्डमा, माल पुरानै हो मात्र मोल फेरिएको हो।
घाम खराब हुन्छ कहिले पानी खराब हुन्छ, भलाद्मी लाग्ने कसैको बानी खराब हुन्छ। टोल्हाएर असम्भव सपना नदेख्नु कहिल्यै, अचेल बुढेसकालको जवानी खराब हुन्छ।
एक हुल यादहरू आए कानमा साउती मारेर गए, गहभरि आँसु भयो गम्भीर भएँ प्रश्न गरें टारेर गए। अतीत, विद्यमान र सुन्दर भविष्य केलाउँदै गर्दा, आशाको त्यान्द्रो छिनाए मुटुमा प्वाल पारेर गए।
च्वाँचेले भन्यो, ‘आ त्यसो हैन नानी! ती दाजुलाई सबै ठिकै छ। मान्छे विद्वान पनि हुन्। उनको कदरचाहिं कतैबाट पनि भएकै छैन। त्यसै भएर निरास जस्ता देखिएका छन्।
भन्छ मनले सदा उनकै नाम जपूँ, जस्तै पीर–व्यथा पनि मनभित्रै राखूँ। हरघडी उनकै मात्र याद आउँछ मनमा, मनभित्रको शिलामा उनकै नाम कपूँ।