ज्योति विकास बैंकद्वारा राहत सामग्री प्रदान
ज्योति विकास बैंकले अग्नि पीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ।
ज्योति विकास बैंकले अग्नि पीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ।
सामुहिक रुपमा प्रयोग गर्न मिल्ने गरी १ हजार लिटर क्षमताका स्ट्याएण्ड सहितको ५ थान खानेपानीको ड्रम, र हात धुने केन्द्रसमेत स्थापनाका लागि सामग्री वितरण गरिएको छ।
पूर्वमन्त्री योगेशकुमार भट्टराईको पहल तथा ताप्लेजुङ जन्मस्थान भइ कर्मक्षेत्रले संघीय राजधानी पुगेकाहरुको सक्रियतामा संकलित २१ लाख रकम दोभान बजारका अग्नि पीडितले पाउने गरी हस्तान्तरण गरिएको छ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले दोभान बजारमा अग्नि पीडितका लागि हालसम्म प्राप्त भएको राहत र वितरण भएको परिमाण सार्वजनिक गरेको छ। गाउँपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट प्रति परिवार १५ हजारका दरले ९ लाख रुपैयाँ आपतकालिन राहत वितरण गरेको छ।