१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पूर्वमन्त्री भट्टराईद्वारा दोभान बजारका अग्नि पीडितका लागि संकलित २१ लाख हस्तान्तरण

पूर्वमन्त्री योगेशकुमार भट्टराईको पहल तथा ताप्लेजुङ जन्मस्थान भइ कर्मक्षेत्रले संघीय राजधानी पुगेकाहरुको सक्रियतामा संकलित २१ लाख रकम दोभान बजारका अग्नि पीडितले पाउने गरी हस्तान्तरण गरिएको छ।  

मेरिङदेन गाउँपालिकास्थित दोभान बजारका अग्नि पीडितका लागि संकलित यो रकम पालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन खातामा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो।  

ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपालका प्रतिनिधिको रोहवरमा पूर्वमन्त्री भट्टराईले २१ लाख रुपैयाँ मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूलाई हस्तान्तरण गरेका छन्। ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपालको सक्रियतामा दोभान बजारका अग्नि पीडितका लागि रकम संकलन गरिएको थियो। सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले कामको सिलसिलामा संघीय राजधानी पुगेकाहरुले गृह जिल्लाका पीडित नागरिकका लागि सहयोग संकलन गरी वितरण गरेको बताए।  

ताप्लेजुङ समाज नेपालका महासचिव अग्नि पौडेलले गृह जिल्लाका नागरिकको पीडामा थोरै भएपनि मह्लमपट्टी गर्न पाउँदा गौरवको अनुभूति भएको बताए। सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपाल ताप्लेजुङ घर भइ पेशा व्यवसायको सिलसिलामा संघीय राजधानी पुगेकाहरुको साझा संस्था हो। पीडितलाई राहत तथा क्षतिपूर्ति वितरणका लागि एकद्वार प्रणाली अपनाएको मेरिङ्देन गाउँपालिकाले दोभान बजारका अग्नि पीडितका लागि छुट्टै प्रकोप व्यवस्थान खाता सञ्चालनमा आएको छ।  

प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका खातामा जम्मा भएको रकम पहिलो चरणमा दोभान बजारका अग्नि पीडितलाई वितरण गरिएको र अरु चरणमा क्रमशः वितरण गर्दै लैजाने बताए। क्षतिपूर्ति वितरणका लागि पालिकाले यसअघि नै पीडितहरुको वर्गीकरण गरिसकेको छ। दोभान बजारका अग्नि पीडितका लागि राहत संकलन गर्न पूर्वमन्त्री भट्टराईको संयोजकत्वमा राहत सहयोग संकलन समिति बनाइएको थियो। ताप्लेजुङ केन्द्र र सरोकार समाजले समन्वयकर्ता समेत तोकेको थियो।  

दोभान एकता समाज काठमाडौ, ओलाङ्चुङगोला कल्याण परिवार, ताप्लेजुङ गुरुङ समाज काठमाडौ तथा मिस मंगोल सिभिरा लामा, अमेरिकामा रहेका अमर सेनेहाङसहित दावा शेर्पा र राजु साँवा लगायतको बलियो भूमिका रहेको बताइएको छ।

प्रकाशित: २२ असार २०७८ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App