७ वैशाख २०८१ शुक्रबार

मुस्कानलाई साहसी महिला पुरस्कार

दुई वर्षअघि एसिड आक्रमणमा परेकी मुस्कान खातुनले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (आइडब्लूओसी) पाउने भएकी छन्। नेपालस्थित अमेरिकी मिसनले उनलाई अन्तराष्ट्रिय महिला दिवसको दिन मार्च ८ मा पुरस्कार प्रदान गर्ने अमेरिकी दूतावासले जनाएको छ।

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्रदान गरिदैँ

तेजाब आक्रमणको अन्त्यतर्फ उनले निरन्तर गरेको कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गर्न लागिएको बिहीवार दूतावासले जनाएको छ। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी मुस्कानलाई पुरस्कार हस्तान्तरण गर्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्