हवाई सञ्जालले जोडिँदै तराई–तराई
पोखरा–सिमरा–पोखरा रुटमा आगामी चैत १५ देखि हवाई उडानको तयारी छ । यती एयरलाइन्सले सातामा तीनदिन (आइतबार, बुधबार र शुक्रबार) यो रुटमा उडान गर्दैछ । वीरगञ्ज नाका हुँदै भित्रिएका भारतीय पर्यटकलाई पोखरा ल्याउने लक्ष्य अनुसार यो रुटमा उडानको तयारी थालिएको हो । भारतीय पाहुनाको संख्यामा वीरगञ्ज क्षेत्रका आन्तरिक पाहुना पनि थपिँदा यात्रु अभाव नहुने एयरलाइन्सको बुझाई छ ।