७ वैशाख २०८१ शुक्रबार

पाँच मनी चेञ्जर कम्पनीको इजाजतपत्र रद्द

नेपाल राष्ट्र बैंकले पाँच वटा मनीचेञ्जर कम्पनीको इजाजत रद्द गरेको छ। बैंकले तोकेको प्रावधान अनुसार नवीकरण नगरेका पाँच मनी चेञ्जर कम्पनीको इजाजत रद्द गरेको बताएको छ।

नवीकरण नगर्ने ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ। सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले नवीकरण नगरेकाले उनीहरुको इजाजतपत्र खारेज गरिएको हो।

इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ।

प्रदेशभर सञ्चालित स्वास्थ्य संस्थाहरुलाई इजाजत लिन र नविकरण गर्न प्रदेश सरकारको उर्दी

प्रदेश १ सरकारले प्रदेशभरी सञ्चालित स्वास्थ्य संस्थाहरुलाई इजाजत लिन, नविकरण गर्न र नियमन्मा सहभागी हुन आह्वान गरेको छ। प्रदेश १ को जनस्वास्थ्य ऐन २०७७ को नियम १२ को उप नियम(२) बमोजिमका स्वास्थ्य संस्थालाई सामाजिक विकास मन्त्रालयले सूचना प्रकाशित गरी इजाजत लिन, नविकरण गर्न र नियमन्मा सहभागी हुन भनेको छ। नयाँ स्थापना हुने सबै निजी, सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा यो नियम लागु हुने मन्त्रालयले जनाएको छ।

लाइसेन्स प्राप्त हतियारको आडमा अपराध

सुरक्षा खतरा भएको भन्दै वर्षौँदेखि इजाजत पत्र लिएर हतियार राख्ने र ठेक्का ‘डिल’देखि आपराधिक गतिविधिमा उक्त हतियार प्रयोग गर्ने गरिरहेका छन्।

अवैध क्रसर उद्योगमा विद्युत् काटियो

पाँच महिनाअघि स्थापित उद्योग अवैध रूपमा सञ्चालन भइरहेको थियो। सो पुलदेखि कम्तीमा पाँच सय मिटरमा स्थापना गर्नुपर्ने बाध्यकारी नियम क्रसर उद्योगको हकमा लत्याइएको छ।

ताप्लेजुङ प्रहरीद्वारा १२५ थान हतियार संकलन

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले करिव महिना दिनको अवधिमा १ सय २५ थान हतियार संकलन गरेको छ।

परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै

दुई छिमेकी मुलुकले परमाणु भट्टी सञ्चालन गरेको लामो समयपछि नेपालले पनि परमाणु भट्टी स्थापनाका लागि बाटो खुला गर्ने भएको छ। सरकारले संघीय संसद्मा दर्ता गराएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपुर्ण प्रयोग गर्नसम्बन्धी बनेको विधेयक–२०७५’ पारित भएसँगै पारमाणविक भट्टी स्थापनाका लागि कानुनी बाटो खुला हुनेछ। भट्टी सञ्चालनका लागि सरकारले दर्जनौं सर्त राखेर मात्रै इजाजत दिने व्यवस्था गरेको छ।

रेडियो, टेलिभिजनलाई इजाजत रोक

सरकारले रेडियो, टेलिभिजन र डिजिटल प्रसारणको नयाँ इजाजतमा रोक लगाएको छ। रेडियो फ्रिक्वेन्सी बाँडफाँट, क्षमता वृद्धिलगायत विषयमा अध्ययन भइरहेकाले केही समयका लागि नयाँ इजाजत प्रदान बन्द गरिएको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले असार ३१ को मन्त्रीस्तरीय निर्णयबाट नयाँ इजाजतमा रोक लगाएको हो ।

मदिरा बिक्री गर्न १५ दिनभित्रै इजाजत लिनुपर्ने

इजाजत बिना मदिरा बिक्री वितरण गर्दै आएका व्यवसायीले १५ दिनभित्रै इजाजत लिनुपर्ने भएको छ। अनुमति नलिई मदिरा बिक्री वितरण गर्दै आएका जिल्लास्थित स्याफ्रुका होटल, खुद्रा तथा होलसेल व्यवसायीलाई मदिरा बित्रजाजत लिन समयसीमा तोकिएको हो।

२६ वटा माइक्रोबसको सवारी इजाजत खारेज

नयाँ बसपार्कदेखि पुरानो बसपार्कको रुटमा चल्ने २६ वटा माइक्रोबसको सवारी इजाजत खारेज भएको छ। यातायात व्यवस्था विभागले शुक्रबार उक्त रुटका २६ माइक्रोको इजाजत खारेज गरेको हो।

बिना इजाजत च्याउझैँ उम्रिए बोर्डिङ स्कूल

रौतहटमा बिना इजाजत धमाधम नयाँ बोर्डिङहरु संचालनमा आएका छन्। यसै शैक्षिक सत्रदेखि संचालनमा आएका बोर्डिङहरुले कक्षा ८ सम्म एकैचोटी भर्ना लिएका छन्।

साझाले अझै पाएन भक्तपुर जाने इजाजत

साझा यातायातले भक्तपुरमा गुड्ने इजाजत अझै पाउन सकेको छैन। साझाले गत फागुन ३० गते यातायात व्यवस्था विभागलाई पत्र काटेर इजाजतका लागि अनुमति मागे पनि भौतिक पूर्वाधार  तथा यातायात मन्त्रालय र विभाग कर्मचारीको बेवास्ताले इजाजत पाउन नसकेको हो।

दशैंका लागि पटके इजाजत पत्र लिएर जुनसुकै रुटमा गाडी चलाउन पाउने

नेपाली हिन्दूको महान् पर्व दशैंको अवसरमा यात्रुहरुलाई सहजता प्रदान गर्न सरकारले अस्थायी रुट परमिट (पटके) लिएर यात्रुबाहक बस जुनैसुकै ठाउँमा जानसक्ने बनाएको छ। सरकार र यातायात व्यवसायीबीच भएको बैठकले असोज १५ देखि ३० गतेसम्म पटके रुट परमिट लिएर जुनसुकै स्थानमा जानसक्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्