२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

ब्रेललिपिको किताब विमोचन गर्न पाउँदाको त्यो दिन

नमुना मच्छिन्द्र मावि, लगनखेल, ललितपुरको दृश्यविहीन शाखामा गत २०७६ असार १२ गते ६ ओटा ब्रेललिपिमा प्रकाशित बालकथासङ्ग्रह विमोचन भयो। आफैं पनि दृष्टिविहीन भएकाले सो कार्यक्रम हुँदा म फुरुङ्ङ परेकी थिएँ।

बुद्धनगरीमा एकै साथ तीन कृति विमोचन

बुद्धनगरी कपिलवस्तुको तौलिहवामा एकै साथ तीन वटा कृति विमोचन गरिएको छ। लुम्बिनी बाङमय प्रतिस्ठाले तौलिहवास्थित राधा कृष्णमन्दिरको हलमा राखेको कार्यक्रममा साहित्यकार हरिराज शर्मा हराश र पशुपतिमणि त्रिपाठीद्धारा रचित कृति विमोचन गरिएको हो।

अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक विमोचन

ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा ‘अक्सफोर्ड न्यु पाथ फाइन्डर : एन इन्टरएक्टिभ कोर्स इन इङ्लिस’ पुस्तक विमोचन गरिएको छ।

सिलवालका दुई कृति विमोचित

सागर सिलवालद्धारा लिखित गीति संग्रह ‘सागरको लहर’ र मुक्तक संग्रह ‘सागरको संगम’ काठमाडौंमा एक साथ लोकार्पण भएको छ।

साहित्यकार गोरखबहादुर सिंह स्मृति ग्रन्थ विमोचन

राजनीतिज्ञ एवं साहित्यकारहरुले स्वर्गीय साहित्यकार गोरखबहादुर सिंहको व्यक्तित्व र साहित्यिक जीवनको चर्चा गरेका छन्।

२७ वटा एल्बम विमोचन गरेर कीर्तिमानी

२७ वटा एल्बम एक साथ विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका गीतकार बीबी थापालाई वल्र्ड बुक अफ रेकर्डले सम्मान गरेको छ। मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा २७ वटा एल्बम एक साथ विमोचन गरेर विश्व कीर्तिमान कायम गरेबापत उनलाई सम्मान गरिएको थियो।

पुस्तकमा किराँत संस्कृति

खोटाङमा ‘किराँत इतिहास र संस्कृति’ नामक शोध र खोजमूलक पुस्तक विमोचन गरिएको छ। किराँत संस्कार र संस्कृतिको खोज तथा अनुसन्धानमा संलग्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ८० वर्षे पर्खनबहादुर राईले लेखेको पुस्तक हालै विमोचन गरिएको हो।

कोइरालाको ‘सिमाना खोज्दै’ विमोचित

पूर्वप्रशासक लक्ष्मीविलास कोइरालाद्वारा लिखित ऐतिहासिक उपन्यास ‘सिमाना खोज्दै’ शुक्रबार राजधानीमा विमोचन गरिएको छ।

महाकुम्भमा वसन्तको कविता सार्वजनिक

कवि एवं गीतकार वसन्त चौधरीले भारतको उत्तरप्रदेशस्थित मेरठमा भएको ‘क्रान्तिधरा मेरठ साहित्य महाकुम्भ’ मा आफ्नो कविता संग्रहको विमोचनसँगै कविता पनि सुनाएका छन्।

शुषमाले ल्याइन् ‘अनावरण’

लामो समयदेखि कथा लेखनमा सक्रिय शुषमा मानन्धर ‘अनावरण’ कृति लिएर आएकी छिन्। पेन नेपालले आयोजना गरेको कार्यक्रममा शनिबार ६ जना स्रष्टाले उनको कृति विमोचन गरेका छन्। साहित्यकारहरू रामकुमार पाण्डे, विनय कसजु, श्रीओम श्रेष्ठ रोदन, दामोदर पुडासैनी, स्विट्जल्याण्ड पेनका सचिव एलिक्स प्यारोडी र कथाकर मानन्धरले संयुक्त रुपमा लोकार्पण गरेका हुन्।

‘अप्रिल फुल’ को विमोचन

पत्रकार कृष्ण आचार्यद्वारा लिखित उपन्यास ‘अप्रिल फुल’ को विमोचन भएको छ। शनिबार प्रज्ञा भवन कमलादीमा आयोजित एक समारोहकाबीच साहित्यकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा र कवि ज्योति जंगलले उपन्यास उपन्यास अप्रिल फुलको संयुक्त रुपमा विमोचन गरेका हुन्।

एकैसाथ शब्दार्थका २० पुस्तक

राजधानीमा शनिबार विभिन्न विधाका २० कृतिको एकैसाथ विमोचन गरिएको छ । शब्दार्थ प्रकाशनद्वारा प्रकाशित आख्यान, निबन्ध, काव्य, समालोचना र शब्दकोश कृति विमोचन गरिएको हो।

अधिकारीको ‘आमा’ कवितासंग्रह विमोचन

पत्रकार शरद अधिकारीको कवितासंग्रह ‘आमा’ विमोचन गरिएको छ। सुन्धारास्थित नागरिक दैनिकको प्रधान कार्यालयमा एक कार्यक्रम गरी कवितासंग्रह विमोचन गरिएको हो।

‘मनमोहनको छ दशक’ विमोचन

प्राध्यापक डा. ढाकाराम सापकोटाले पूर्व प्रधानमन्त्री तथा कम्युनिष्ट नेता मनमोहन अधिकारीको जीवन संघर्ष समेटिएको पुस्तक ‘मनमोहन अधिकारीको नेपाली राजनीतिमा ६ दशक’ बजारमा ल्याएका छन्। पुस्तकको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा लोकार्पण गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्