२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

तरकारी खेतीबाटै आत्मनिर्भर बन्दै महिला

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका महिलाहरु तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन्। उनीहरुले विभिन्न समूह समिति बनाएरै तरकारी खेतीमा लागेका हुन्।

भारतीय बन्दरगाहमा विदेशी कार्गोको सघन चेकजाँच

भारतीय गुप्तचर एजेन्सीहरुको चासोमा त्यहाँका बन्दरगाहहरुमा भित्रिने विदेशी कागर्ोेलाई सघन चेकजाँच गर्न थालिएको छ। यस्तो खाले चेकजाँचले गर्दा विभिन्न देशबाट नेपालका लागि सामान बोकेर आएका विदेशी कार्गोहरु कोलकतास्थित बन्दरगाहबाट तीन दिनसम्म रोकिन पुगेको थियो।

लघु उद्योग र उद्यमशीलता नीति बन्दै

उद्योग व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यका साथ साना तथा लघु उद्योग र उद्यमशीलता सम्बन्धी नीति बन्ने भएको छ। उद्योग मन्त्रालयले घरेलु तथा साना उद्योगी र नयाँ उद्यमी विकास गर्न भन्दै दुई नयाँ नीति बनाउन लागेको हो।

एकैपटक दुई जलविद्युत् आयोजना बन्दै

साना आकारका आयोजना बनाइरहेको यहाँको औद्योगिक घराना केसी समूहले केही ठूला क्षमताका जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ। समूहले केही समयभित्र दुईवटा ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्दैछ। समूहको एउटा आयोजना हाल निर्माण भइरहेको छ।

जिल्ला समन्वय समिति र नगरपालिकामा तालाबन्दी

सरकारले गरेको नयाँ स्थानीय पुनःसंरचनाको विरोध गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार जिल्ला समन्वय समिति महोत्तरी र जलेश्वर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

इलेक्ट्रोनिक्स बन्देजले घटायो यात्रु

दुबई अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखले बेलायत र अमेरिका भ्रमणका क्रममा इलेक्ट्रोनिक्स उपकरण लैजान नपाइने नियमका कारण यात्रुको संख्यामा कमी आएको बताएका छन् ।

औचित्यहीन बन्दै संसदीय सुनुवाइ

न्याय परिषद्ले २०७० सालमा पुनरावेदन अदालतमा मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्‍यो। गोपाल पराजुली, चोलेन्द्रशमशेर राणालगायत आठ न्यायाधीशलाई परिषद्ले सिफारिस गरेसँगै उनीहरूको नाममा विवाद सुरु भयो । संसदीय सुनुवाइ समितिमा उनीहरूविरुद्ध ५३ थान उजुरी दर्ता भयो । परिषद् र सुनुवाइ समितिबीचमा पत्र विवादसमेत भयो।

स्थानीय तहमा तालाबन्दी

सरकारले घोषणा गरेको स्थानीय तह चुनाव मिति नजिकिँदै गर्दा सप्तरीमा मधेसी मोर्चाको विरोध पनि चर्कंदै गएको छ। मोर्चाको विरोधका कारण चुनाव तयारी प्रभावित भएको छ। विरोधकै क्रममा मोर्चाले सप्तरीका सबै गाउँ/नगरपालिका कार्यालयमा ताला लगाइदिएको छ।

वेलायतमा ११ वर्षीया किशोरी आमा बन्दै

वेलायतमा एघार वर्षीया एक किशोरी आमा बन्दैछिन्। उनी वेलायतकी सबैभन्दा कान्छी आमा हुनेछिन्। प्रहरीका अनुसार बच्चाका पिता पनि नाबालिग छन्।

मोर्चाद्वारा स्थानीय तहका कार्यालयमा तालाबन्दी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सिरहाको विभिन्न स्थानमा स्थापना गरिएको गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड गरेका छन्। स्थानीय तह संरचनाको विरोध गर्दै मोर्चा कार्यकर्ताले तोडफोड साथै तालाबन्दी गरेका हुन्।

क्यान्डीबाट आत्मनिर्भर बन्दै महिला

उग्रचण्डी नाला–५ स्थित नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको एउटा कोठामा महिला लप्सीको गुदी मोल्नमा व्यस्त देखिन्छन् । उक्त गुदीबाट महिलाले विगत केही समयदेखि क्यान्डी बनाउँदै आएका छन् ।

आत्मनिर्भर बन्दै महिलाहरू

हस्तकला तथा साना उद्योगहरुबाट जिल्लाका महिलाहरू आत्मनिर्भर बन्दै गएका छन् । हाते सीप र कलाको प्रयोग गरी बनाईएका बच्चाका लागि खेलौना तथा गुडिया, घर, कार्यालय सजावटका सामाग्रीहरु कुसनहरूसँगै सिलाई कटाई र व्युटिपार्लरबाट महिलाहरु आत्मनिर्भर बन्न थालेका हुन् ।

‘अवसरको नाकाबन्दी’ तोड्ने मौका

स्थानीय चुनावको मिति घोषणापछि सबैभन्दा बढी उत्साही कोही छन् भने ती गाउँ–गाउँका महिला अगुवाहरू नै हुन् जो यतिञ्जेल जनताले होइन पुरुष नेताले अवसर छेकिदिँदा पछि परेको अनुभवमा छन् ।

'बन्दकर्ता हौं' भन्दै बालाजुमा गुडिरहेको साझा बसमा आगजनी

साझा यातायातमा यात्रु बनेर यात्रा गरिरहेका चार युवा समुहले बस बालाजु पुगेपछि आफूहरु बन्दकर्ता भएको भन्दै बसमा पेट्रोल छर्केर आगजनी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्