२४ वैशाख २०८१ सोमबार
image/svg+xml

प्रहरीकै संलग्नतामा चिनियाँ नागरिकको अपहरण

टेलिफोन ‘ट्रेस’ गर्दै जाँदा राति ११ः४० बजे प्रहरी अपहरणकारी र अपहरित चिनियाँ नागरिक याङ र दोभाषे राई बसेकै होटलमा पुग्न सफल भयो। जहाँ प्रहरीले अपहरित दुवै जनालाई सकुशल फेला पार्न सफल भयो भने अपहरणमा संलग्न ६ जनलाई नै पक्राउ गर्न पनि सफल भयो।

अपहरण गरेको आरोपमा तीनजना पक्राउ

अपहरणमा परेको २ घण्टाभित्रै विराटनगरका एक युवकलाई प्रहरीले उद्दार गरेको छ। युवक अपहरण घटनामा संलग्न भएका दुई पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती क्षेत्रबाट शनिबार दिउँसो विराटनगर–१८ का २३ वर्षीय सुभाष कामतलाई अपहरण गरी १० रूपैयाँ फिरौती माग्ने तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

अपहरणकारी जोगाउँदै प्रहरी

आफू अपहरणमा परेको भन्दै आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका  सांसद डा. सुरेन्द्र यादवको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको छ।

सामूहिक बलात्कारपछि हत्या गर्ने योजना विफल

अपहरित युवतीलाई सुरक्षित स्थान(एकान्त चौर)मा लगेर सामुहिक बलात्कार गरी हत्या गर्ने योजना प्रहरीको सक्रियताका कारण विफल भएको छ।

फिरौती नदिएपछि बालकको हत्या, गोली हानेर लिइयो अपराहणकारीलाई नियन्त्रणमा

फिरौती नपाएपछि पर्साका एक बालकको अपहरणकारीहरुले हत्या गरेका छन्। गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज उपमहानगरपालिका–३ प्रगति नगरका शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणकारीहरुले हत्या गरेका हुन्। अपहरणमा परेका पर्साका बालकको शव कलैया उपमहानगरपालिका–८ को पाेखरीमा फेला परेको बाराका डिएसपी रन्जित सिंह राठोरले बताए।

फरार अपहरणकारी चार वर्षपछि पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अपहरण मुद्दामा अदालतबाट सजाय पाएर चार वर्षदेखि फरार अपराधीलाई शनिबार पक्राउ गरेको छ।

घनिष्ठ साथी नै 'अपहरणकारी'

विजय चौधरी र राजु विश्वकर्मा कक्षा ४ देखिका साथी हुन्। १४ वर्ष भयो यी दुवैको घनिष्ठ मित्रताको। काठमाडौंको शान्ति शिक्षा माध्यामिक विद्यालयमा उनीहरू सँगसँगै पढे। चौधरी हार्डवेयरको व्यापारमा लागे भने विश्वकर्माले मार्बलसम्बन्धी काम गर्न थाले।

अपहरणकारी समाउन खोज्दा स्वयम्भूमा गोली चल्यो, एक घाइते

स्वयम्भू भगवान पाउमा गोली चलेको छ। प्रहरीले अपहरणमा परेका व्यक्तिलाई उद्धार गर्ने क्रममा गोली चलाएको जनाएको छ। प्रहरीले दुई दिन अघि बौद्धबाट अपहरणमा परेका तीन जनालाई उद्धार गर्ने क्रममा गोली चलेको जनाएको छ। प्रहरीलाई ताकेर पेस्तोल देखाए पछि प्रहरीले गोली चलाएको थियो।

अपहरणकारीको कब्जाबाट भागेर जोगिए रामऔतार कुर्मी

–पर्साको जिगँना हरपुर गाविसबाट आइतबार साँझ अपहरणमा परेका बीरगन्ज उपमहानगपालिका –२७ रामगढवाका ६५ वर्षीय रामऔतार कुर्मी अपहरणकारीको कब्जाबाट भाग्न सफल भएका छन्।

पोखराबाट अपहरित भारतीय नागरिकको उद्धार, अपहरणकारी पक्राउ

कास्की- पोखरामा अपहरणमा परेका भारतीय नागरिक सोनु भन्ने खुर्सीद अहमदलाई प्रहरीले उद्धार गरेको छ। भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला सुनौली जुगौली घर भई काम विषेशले पोखरा आएका उनी भदौ १२ गते अपहरणमा परेका थिए। अपहरणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

स्पर्श अग्रवाल अपहरणमुक्त, अपहरणकारी पूर्वसांसद पुत्र पक्राउ

भारत, विहारको कटिहारबाट चार दिनअघि अपहरणमा परेकी ५ वर्षीया बालिका स्पर्श(छवि) अग्रवाललाई मोरङको पथरीबाट सोमबार विहान अपहरणमुक्त गराइएको छ। पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरको अनुसन्धान ब्यूरो र सुनसरी प्रहरीको संयुक्त अपरेशन टोलीले बालिका अग्रवाललाई पथरी–४ स्थित रिता साहको घरबाट अपहरण मुक्त गराइएको हो।

अपहरण गरी भारत लैजाँदै गरेका युवकको उद्धार, अपहरणकारी पक्राउ

विराटनगर—अपहरणमा परेका एक युवकलाई प्रहरीले अपहरणमुक्त गर्नुका साथै दुई अपहरणकारीलाई पक्राउ गरेको छ। धनकुटाको छिन्ताङ–८ घर भई हाल सुनसरीको धरान–९मा डेरा लिई बसेका १९ वर्षीय युवक एमकुमार लम्जेललाई अपहरणमुक्त गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्