२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताएका छन्। एमाले काठमाडौँ– ४ नम्बर वडा कमिटीले शनिबार आयोजना गरेको चियापान कार्याक्रममा उहाँले संविधानमा शासकीय स्वरुप र निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा जोड दिएका हुन्। सरकार बदल्ने र भत्काउने फोहोरी खेल बढेकाले अब मुलुक बनाउन प्रत्यक्ष कार्यकारीका लागि एमालेले पहल गर्ने उनको कथन छ ।

एमाले पाल्पामा आचार्य निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी एमाले पाल्पाको अध्यक्षमा नारायणप्रसाद आचार्य निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनबाट सहमतिमा आचार्य अध्यक्ष निर्वाचित भएका हुन् । आचार्य केपी शर्मा ओली निकट मानिन्छन्।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

साँच्चिकै देश विकास गर्ने हो र आर्थिक एजेन्डालाई प्रमुखता दिने हो भने त्यसको कार्यान्वयनका लागि स्थिर सरकार आवश्यक छ र त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउन संविधानमा संशोधन अनिवार्य छ।रामचन्द्र भट्टराई

युइएफए अध्यक्षमा सिफ्रिन निर्वाचित

रोपियन फुटबल एसोसिएसन युईएफएको अध्यक्षमा एलेक्जेन्डर सिफ्रिन निर्वाचित भएका छन्। सन् २०११ देखि स्लोभानिया फुटबल संघका प्रमुख रहँदै आएका सिफ्रिनले आफ्ना चिरप्रतिद्वन्द्वी नेदरल्याण्डस््का मिचेल भान प्रागलाई १३ मतको झिनो मतले पछि पारे।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली किन?

२०४६ सालपछाडिका २७ वर्षको अवधिमा २३ वटा सरकार परिवर्तन भए।  सत्ता प्राप्तिका लागि  बहुमतको गठबन्धन बनाउने, समीकरण र बहुमतका निम्ति जस्तोसुकै माग र त्यसको सम्बोधन गर्न तयार हुने राजनीतिक प्रथा नेपाली राजनीतिक वृत्तमा स्वाभाविक खेल बनेको छ।

पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। बुधबार भएके निर्वाचनमा दाहालकाे पक्षामा ३६३ मत र विपक्षामा २१० मत परेकाे थियाे। १० बर्षे जनयुद्धको नेतृत्व गरेका दाहालको यो दोस्रोपटक सत्तारोहण हो। यस अघि उनी २०६५ सालमा प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री निर्वाचनमा उनी एक्ला उम्मेदवार रहेका थिए।

नवनिर्वाचित प्रम दाहालको निर्वाचन क्षेत्र सिराहामा दीपावली

संविधान सभा निर्वाचनमा विजयी भएका सांसद पुष्पकमल दाहाल देशको प्रधानमन्त्री बनेपछि सिराहामा दीपावली गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष दाहाल सिराहा क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए।

पुनःसंरचनामा जननिर्वाचित पदाधिकारीलाई नसमेटिएकामा आपत्ति

काठमाडौँ-जिविस महासङ्घ नेपालले केही दिनअघि गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले सार्वजनिक गरेको प्रारम्भिक खाकाप्रति आपत्ति जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्