पुरातात्विक नागेश्वर मन्दिर ओझेलमा
संरक्षण अभावमा धनकुटाको महालक्ष्मी नगरपालिका– ६ स्थित नगेश्वर मन्दिर ओझेलमा परेको छ।
संरक्षण अभावमा धनकुटाको महालक्ष्मी नगरपालिका– ६ स्थित नगेश्वर मन्दिर ओझेलमा परेको छ।
महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौँ आइपुगेका छन्।
शिवरात्रीमा सधैं झकिकाउ हुने पशुपतिनाथ क्षेत्रमा यसपटक सामान्य तयारी गरिएको छ। गत वर्ष फूलमालाले मन्दिर क्षेत्र सजाइए पनि यसपालि कमै फूल प्रयोग भएको छ। वरिपरि गेट बनाउने तथा सजाउने काम पनि भएको छैन। भारतबाट आउने भक्तजन तथा साधुसन्तको संख्या कम हुने भएकाले सोही अनुसार तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी सुरु गरेको छ। तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८ सय किलो दाउराको व्यवस्था गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थल पर्साको ठोरीमा रहेको अभिव्यक्ति दिएपछि जनकपुरका साधुसन्त तथा हिन्दु धर्मावलम्बी निकट संघ संस्थाहरु विरोधमा उत्रेका छन् ।
भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वमा आएका साधुसन्तलाई शनिबार बिदाई गरिएको छ।
हिन्दू धर्मावलम्बीले शुक्रबार हर्षोल्लासका साथ महाशिवरात्रि पर्व मनाए। काठमाडौंको पशुपतिनाथ मन्दिर लगायत देशभरका विभिन्न शिवालयमा हजारौँ दर्शनार्थी पुगे। देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइने चलन छ।
यसपालि शिवरात्रि ढिप्कनै लागेको बेला आइतबार पशुपति छिर्दा त्यति चहलपहल देखिएन। साधुसन्तको संख्या पनि निकै कमी देखियो। भक्तजनले टेकेर मन्दिर पुग्ने भित्री सडक पनि खाल्डाखुल्डी मात्रै देखिए।’
भक्तपुरस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई बुधबार बिदाई गरिएको छ। शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो।
महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा आएका साधुसन्तलाई बिदाइ गरिएको छ। गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले आज मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा संस्थानका तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगस्थली गोरखनाथ, भष्मेश्वर र निर्मल अखडालगायतका क्षेत्रमा बसेका साधुसन्तलाई बिदाइ गरिएको हो।
भारत, इलाहाबादबाट शिवरात्रिमा पशुपतिको दर्शन गर्न आएका ८० वर्षीय रामसजीवन गिरी बालब्रह्माचारी हुन्। सानैदेखि घर–गृहस्थी छाडेर आश्रम जीवन जिउँदै आएका यी साधुले जीवनमा थुप्रै उतारचढाव देेखे। कुटीमा रहेर गृहस्थ जीवन जिउनेको उतारचढाव समेत नियालेका उनी अन्ततः गृहस्थ जीवन नै उत्तम रहेको बताउँछन्।