२० आश्विन २०८१ आइतबार
image/svg+xml

नमुना समाजको बेइमानी: अध्यक्षसहित १६ जनालाई पक्राउ गर्न पत्राचार

नमुना गाउँ निर्माणका लागि भन्दै स्थानीय तहसँग साझेदारी कार्यक्रम सञ्चालन गरेर ठगी गर्ने सुर्खेतस्थित नमुना समाज नामक गैरसरकारी संस्थाका पदाधिकारीसहित १६ जनालाई पक्राउ गरेर कारवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

नमुना समाजको बेइमानी: होटल सञ्चालकद्वारा राजस्व कार्यालयमा उजुरी

आफ्नो होटलको नाम र प्यान नम्बर चोरी गरेर नमुना समाजले स्थानीय तहबाट लाखौं रकम भुक्तानी लिएको भन्दै सुर्खेतकी एक होटल सञ्चालिका लालसरा भण्डारीले आन्तरिक राजस्व कार्यालयमा उजुरी दिएकी छन्।

नमुना समाजको बेइमानीः होटलको नाम र पान नम्बर चोरी

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले पाँच वटा टोललाई नमुना गाउँ निर्माण गर्नका लागि आर्थिक वर्ष २०७६/०७७ मा वीरेन्द्रनगरको नमुना समाजसँग ३ वर्षे कार्यक्रम सम्झौता गर्‍यो। ३ वर्षको अवधिमा नगरपालिकाले १ करोड ५० लाख र नमुना समाजले ५ करोड रूपैयाँ नमुना गाउँ निर्माणमा खर्चिने सम्झौतापत्रमा उल्लेख छ। सम्झौतासँगै पहिलो वर्षका लागि नगरपालिकाले २० लाख रूपैयाँ पेस्की उपलब्ध गरायो।

अर्कैको होटल नाम र पान नम्बर चोरी

आन्तरिक राजस्व कार्यालयका अनुसार नगरपालिकामा पेश गरिएको होटलको नाम र पान नम्वर भेरीगंगा नगरपालिका–१० को झिलमिलेमा छ । संस्थाका कार्यकारी निर्देशक लालबहादुर जिएमले अर्काको होटलको नाम र पान नम्वरको दुरुपयोग गरेर नगरपालिकामा बिल पेश गरेको पाइएको हो ।

नमुना समाजको बेइमानीः पेस्की फर्छ्यौटका लागि नक्कली बिल र हस्ताक्षर

चिंगाड गाउँपालिकाले वीरेन्द्रनगरस्थित नमुना समाजसँग अघिल्लो आर्थिक वर्ष चारवटा टोललाई नमुना गाउँ निर्माणका लागि ६ करोड २९ लाखको सम्झौता गर्‍यो। सम्झौतामा गाउँपालिकाले १ करोड २९ लाख र नमुना समाजले ५ करोड रुपैयाँ खर्चिने उल्लेख छ। सम्झौता लगत्तै नमुना समाजले गाउँपालिकाबाट १२ लाख रुपैयाँ पेस्की लग्यो। आव २०७६/७७ को अन्त्यतिर नमुना समाजले १ करोड रुपैयाँ बराबरको बिल भपाई गाउँपालिकामा पेस गर्‍यो।

स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख

भेरीगंगा नगरपालिकाले चार वडामा चार नमुना गाउँ निर्माणका लागि वीरेन्द्रनगरको नमुना समाजसँग भदौ २३ गते सम्झौता गर्‍यो। कार्यक्रमअन्र्तगत तीन वर्षको अवधिमा नगरपालिकाले ९० लाख र नमुना समाजले २ करोड १० लाख रूपैयाँ बेहोर्ने उल्लेख छ।

स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख

नगरपालिकाले तीन वर्षमा ९० लाख र नमुना समाजले तीन वर्षमा दुई करोड १० लाख रुपैयाँ गरेर तीन करोडबाट नमुना गाउँ निर्माण गर्ने उल्लेख भएपनि संस्थासँग कुनै आर्थिक स्रोत छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्