८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रसुवागढीमा आँखाले विषादी परीक्षण

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकिएको भन्दै सरकारको सर्वत्र आलोचना भएका बेला उत्तरी नाका रसुवागढी भएर आउने सामान भने आँखाले हेरेको भरमा छोड्नु परेको छ।

साढे चार वर्षमा ८९ हजार पर्यटक

चीनसँगको नाका रसुवागढी हुँदै नेपाल आउने पर्यटक बढेका छन्। रसुवागढी अध्यागमन कार्यालयका अनुसार साढे चार वर्षमा ८९ हजारभन्दा बढी पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका छन्।

नाकामा जोइन्ट कमान्ड सेन्टर स्थापना गरिने

रसुवागढी नाकामा अवैध गतिविधि रोक्न जोइन्ट कमान्ड सेन्टरको स्थापना गरिने भएको छ। बुधबार रसुवाको स्याफ्रुमा बसेको दुई देशबीचको सीमा सुरक्षा बैठकमा सेन्टर स्थापना गर्ने सहमति भएको हो।

अवैध गतिविधि रोक्न ‘ज्वाइन्ट कमाण्ड सेन्टर’

रसुवागढी नाकामा अवैध क्रियाकलाप रोक्न लागि ‘ज्वाइन्ट कमाण्ड सेन्टर’को स्थापना गरिने भएको छ।

सुरुङमा फसेका ६ चिनियाँ नागरिकसहित १७ को सकुशल उद्धार

१११ मेगावट क्षमताको यो आयोजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण हुँदै छ।

पहिरोले सुरुङभित्रै १५ जना कामदार फसे

रसुवागढी जलविद्युतु आयोजनाको पावर हाउसभन्दा माथिबाट आएको पहिरोले सुरुङमा रहेका १५ जना कामदारभित्रै फसेका छन्।

रसुवागढी नाकामा तीन विकल्प : अर्थमन्त्री खतिवडा

रसुवागढी नाकाको विकासका लागि तीनवटै विकल्प अघि सारिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्। चीनसँग व्यापार बढाउनका लागि नाका जोड्ने सडकको स्तरोन्नति, सुरुङ तथा रेलमार्ग निर्माण सरकारको प्राथमिकतामा रहेको उनले बताए। अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार नाका जोड्ने गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ–स्याफ्रु–रसुवागढी सडकखण्ड स्तरोन्नतिको काम तत्काल सुरु हुनेछ।

राजमार्ग सुधार गर्न बजेट पर्याप्त छः मन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले राम्चे र मूलखर्क खण्डको असहज राजमार्ग सुधारका लागि बजेट पर्याप्त रहेको बताएका छन्।

कछुवा गतिमा निर्माण

जेठ - राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङ रसुवागढी सडक निर्माणको काम कछुवा गतिमा भएको छ । धादिङको गल्छीदेखि चीनको सीमा रसुवागढीसम्म ८२ किलोमिटर लम्बाइको सडक निर्माण मुआब्जा विवाद र पोल सार्न ढिलाइ गर्दा स्तरोन्नतिको काम सुस्त भएको आयोजनाको भनाइ छ। तीन चरणमा विभाजन गरेर काम सुरु गरिएको साढे दुई वर्ष बितिसक्दा पनि सोचेजस्तो उपलब्धि हाँसिल गर्न सकेको छैन । सडक निर्माणमा देखिएका अवरोधका चाङले तोकिएको मितिमा यो सडक निर्माण हुने सम्भावना टर्दै गएको छ ।

रसुवागढीमा बुधबारदेखि कन्टेनर सञ्चालन

रसुवागढी नाकाबाट बुधबारदेखि कन्टेनर सञ्चालन सुरु भएको छ । विभिन्न माग राख्दै सोमबारदेखि कन्टेनर नचलाएका व्यवसायीले जिल्ला प्रशासन कार्यालयसँग मौखिक सहमति गरेर बुधबारदेखि कन्टेर सञ्चालन सुरु गरेका हुन् । रसुवागढी नाका व्यवस्थापन समितिले रसुवागढी नाकामा आलोपालो प्रणाली लागू गरेर कन्टेनर सञ्चालन गरिरहेका थिए । जिल्ला प्रशासन कार्यालय रसुवाले नाकामा सञ्चालन हुने ट्रक कन्टेनरलाई व्यवस्थित बनाउने भन्दै ‘पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’ लागू गरेको थियो । व्यवसायीले ‘पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’अनुसार सामग्री आयात तथा निर्यात गर्ने बताएका छन् । प्रशासनले सुरु गरेको प्रणालीमा आधारित भएर नाका व्यवस्थापन गर्ने मौखिक सहमति भएको व्यवसायी पेम्बा तामाङले बताए ।

रसुवागढी नाकामा सोमबारदेखि कन्टेनर सञ्चालन बन्द

रसुवागढी नाकामा सोमबारदेखि कन्टेनर सञ्चालन ठप्प भएको छ।रसुवागढी नाका व्यवस्थापन समितिले पाँचबुँदे माग राख्दै कन्टेनर सञ्चालन नगर्ने घोषणा गरेका हुन्।सोमबार टिमुरेमा पत्रकार सम्मेलन गर्दै समितिले सीमित व्यापारीले नाका अस्तव्यस्त बनाएको भन्दै आलोपालो प्रणालीमा कन्टेनर सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन्।

रसुवाका सिडियो भन्छन् : नाकामा सिन्डिकेट छैन

रसुवागढी नाकामा कुनै किसिमको सिन्डिकेट नलगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

नौ हजार तीर्थयात्री मानसरोवर गए

रसुवागढी नाका हुँदै नौ हजारभन्दा बढी तीर्थयात्री मानसरोवर गएका छन्। गत वर्षदेखि रसुवागढी नाका हुँदै मानसरोवर जाने क्रम सुरु भएको थियो। गत वर्ष सात हजार दुई सय ४७ र यो वर्षको जेठ २० सम्ममा एक हजार सात सय ८३ गरी नौ हजार ३० तीर्थयात्री मानसरोवर गएका अध्यागमन कार्यालय रसुवाले जनाएको छ। जसमा ९० प्रतिशत भारतीय तीर्थयात्री गएको अध्यागमन अधिकृत विष्णु घर्तीले बताए।

मितेरी पुल सञ्चालन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण गरिएको मितेरी पुल बिहीबारदेखि सञ्चालनमा आएको छ। चीन सरकारको सहयोगमा चिनियाँ टोलीले पुल निर्माण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्