coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

डाक्टरको परामर्श शुल्क मन्त्रालयद्वारा अस्वीकार

बुधबारदेखि निजी अस्पतालमा लागु हुनेगरी नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (एफिन)ले तय गरेको बिरामी परामर्श शुल्क सरकारले अस्वीकार गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप गृहकार्यबिना मान्य नहुने जनाएको छ । संघ र एफिनले बुधबार विज्ञप्ति जारी गरी निजी अस्पतालका चिकित्सकहरूको परामर्श शुल्क तह र अनुभवअुनसार ३ सय ७० देखि ८ सय २५ रुपैयाँ रहेको तालिका घोषणा गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले भन्यो : डाक्टरको परामर्श शुल्क बढाउने निर्णयमा मन्त्रालय सहमत छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको परामर्श शुल्क एक्लौटी रुपमा बढाएकोप्रति आपत्ति जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्