१० आश्विन २०८१ बिहीबार
image/svg+xml

लागुऔषधसहित विद्यार्थी पक्राउ

एक भारतीय विद्यार्थी लागू औषधसहित रौतहटमा पक्राउ परेका छन्। भारतको बैंगलोरमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत बिहारका घोडासहन बनकटवा निवासी २६ वर्षी महम्मद कलिमुल्ला र सोही गाउँका २२ वर्षीय हैदर अलिलाई रौतहट प्रहरीले मंगलबार लागुऔषधसहित पक्राउ गरेको हो।

सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ

मालपोत कार्यालय सप्तरीका नायब सुब्बा र कम्प्युटर अपरेटरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार दिउँसो पक्राउ गरेको छ।

प्रहरीलाई एक सय रुपैयाँ घुस दिएको अभियोगमा पक्राउ

प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने पक्राउ परेका छन्। दक्षिणकाली नगरपालिका ५ नारायणस्थानबाट सुमो चालकलाई प्रहरीले घुस दिएको आरोपमा समातेको हो।

जबर्जस्ती करणी आरोपमा प्रहरीका सइ पक्राउ

महिलालाई जबर्जस्ती गरेको आरोपमा शुक्रबार एक प्रहरी समातिएका छन्। सापटी लिएको रकम लिन बोलाएको र रकम लिन शुक्रबार साँझ पुगेकी महिलामाथि प्रहरीका सइ सूर्यबहादुर शाहीले हातपात गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विभिन्न आरोपमा ९ जना पक्राउ

प्रहरी पछिल्लो समय ठुलो परिमाणमा अवैध आगुऔषध कारोबारीलाई पक्राउ गर्न सक्रिय भएको छ। गत माघ २५ गते साढे १७ किलो चरेश सहित एक जनालाई पक्राउ गरेको प्रहरीले शुक्रबार १२ किलो चरेश र अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

आधा केजी सुन सहित एकजना पक्राउ

चीनबाट अवैध तरिकाले ल्याइएको करिब आधा केजी सुन सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ थुमनका दावा छिरिङ तामाङ रहेका छन्।

लागुऔषधसहित २ जना पक्राउ

प्रहरीले लागुऔषधसहित २ युवकलाई पक्राउ गरेको छ। भारतीय बजारबाट लागुऔषधसहित नेपाल छिरेका भंगाहा नगरपालिका १ का ३१ वर्षीय अजय मण्डल र सोही ठाउँका २० वर्षीय रामजी मण्डललाई सम्सी गाउँपालिका ७ स्थित शंकर चोकबाट पक्राउ गरिएको हो।

उदयपुरमा ठूलो परिमाणको लागूऔषधसहित २ युवा पक्राउ

उदयपुरमा ठूलो परिमाणको लागू औषधसहित बुधबार २ युवा पक्राउ परेका छन्। सदरमुकाम त्रियुगा नगरपालिका ६ देउरीबाट झण्डै १ हजार थान (एम्पुल) बिभिन्न थरीका अवैध लागू औषधसहित २ युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

पत्नी हत्या आरोपमा पक्राउ

पत्नी हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। फेदाप गाउँपालिका १ साबिक सिम्ले ५ बस्ने चन्द्रबहादुर लिम्बूले श्रीमती इन्द्रकुमारीको हत्या गरेको भनी भनी मृतकका भाइ बोधराजले प्रहरीमा उजुरी दिएका थिए। उक्त उजुरीका आधारमा प्रहरीले अभियुक्त लिम्बूलाई आइतबार पक्राउ गरेकाे हो।

३६० केजी चरेससहित तीन भारतीय पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ।

बलात्कार आरोपमा एक जना पक्राउ

जबरजस्ती करणी आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिकाबाट जबरजस्ती करणी अभियोगमा एकजनालाई पक्राउ गरिएको हो।

सत्र किलो चरेशसहित एक जना पक्राउ

रुकुम (पश्चिम) ठुलो परिमाणमा अवैध आगुऔषध चरेशसहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका ८ दुलीका ४४ वर्षीय जयराम खत्री रहेका छन्। प्रहरीले खत्रीलाई १७ किलो ५ सय ग्राम चरेशसहित पक्राउ गरेको हो।

यौन धन्दाको आरोपमा गेस्ट हाउस सञ्चालक पक्राउ

प्रहरीले यौन धन्दा गराएको आरोपमा एक गेस्ट हाउस सञ्चालकलाई पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका–८ आदर्शस्थित कस्तुरी चमेना गृह गेस्ट हाउसमा यौन धन्दा हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा सञ्चालक गोतामेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

आन्दाेलनमा उत्रेका २२ अटो व्यवसायी पक्राउ

अटो रिक्सामा लगाइएको चर्को शुल्क हटाउन र एकतर्फी रुट खारेजको माग गर्दै प्रदेश राजधानी वीरेन्द्रनगरमा अटो व्यवसायीहरु आन्दोलित भएका छन्। अटो थन्क्याएर आन्दोलन गरिरहेका २२ जना व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्