१९ वैशाख २०८१ बुधबार
image/svg+xml

दुनाटपरी उद्योगबाट राम्रो आम्दानी गर्दै चौधरी दम्पती

घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त छन्।

वडाका सिफारिस साइबर जाने बाध्यता

घोराही उपमहानगरपालिका–१२ का भेगबहादुर बोहरा केही दिनअघि श्रीमती तथा छोरासँगको नाता प्रमाणित प्रतिलिपिका लागि वडा कार्यालय पुगे।

किसानको क्रन्दन नसुन्ने सरकार

अन्न उत्पादन गर्ने किसानहरू फागुन ८ गतेदेखि धर्नामा छन्। जिल्ला प्रशासन कार्यालय दाङसामु सात सयभन्दा बढी पीडित किसानहरू चिसो भुइँमा सुत्न बाध्य छन्।

गुठी आन्दोलनको चुरोकुरो

उनीहरूले मौजा मौजामा गुठी जग्गामा कुनै हक नहुँदा परेका समस्या र यसले कसरी नयाँ पुस्ताको भविष्य अन्धकारमय बनाइरहेको छ भन्नेबारे चिन्तन गरे। त्यसपछि व्यवस्थितखालको आन्दोलन गर्ने अठोट गरे।

सुरु भयो लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाका लागि मतदान

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ। २ सदस्यका लागि केहीबेर अघिबाट मात्रै मतदान सुरु भएको हो।

सिटामोल त देऊ सरकार !

विडम्बना, संवैधानले समेत प्रष्टरूपमा किटान गरेको व्यवस्थाबाट जनता वञ्चित छन्। उपमहानगरपालिका जस्तो ठाउँमा त यो अवस्था छ भने देहातका गाउँठाउँको हालत कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ।

स्वास्थ्य चौकीमा सिटमोलसमेत पाइँदैन

घोराही उपमहानगरपालिका १० मा रहेको स्वास्थ्य चौकीमा वडावासीले सिटामोलसमेत पाउँदैनन्।

देवताको नाममा किसानलाई सास्ती

केही दिनपहिले प्रवीणसहित आएका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर विन्ती गरे–कृपया हाम्रो जग्गाको लालपुर्जा लिन पाउने कानुन ल्याइदिनुहोस्। अनि दाहालको उत्तर थियो–अहिले संसद् बन्द छ, खुल्नेबित्तिकै विधेयक अघि बढाउने छौँ।

दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार

घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा छन्। विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ। मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको ५९ वर्षीय मगरले बताउँछन।

बजार बन्द गराउन हिँडेका गाउँपालिका उपाध्यक्षसहित बन्दकर्ता पक्राउ

प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलसहित घोराही बजार बन्द गर्न खोजेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गणतन्त्रको सामन्तवाद

गुठीको जग्गा निश्चित राजस्व लिइ वास्तविक जोताहा या मोहीका नाममा दर्ता गरिदिने व्यवस्थालाई तत्काल कार्यान्वयन गरी गुठी किसानहरूको समस्या सधैँका लागि हल गर्न सकिन्छ।

घोराही उपमहानगरपालिकाद्वारा भूकम्प पीडितका लागि १५ लाख सहयोग

घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको छ।

स्थानीय तहमा ‘नाम मात्रैका’ बिषयगत समिति

घोराही उपमहानगरपालिका वडा नम्बर ४ कै लक्ष्मीपुर स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पदको कर्मचारी व्यवस्थापनका लागि समेत स्वास्थ्य समितिका संयोजकको आग्रहलाई उपमहानगरले सुनेकै छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्