२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एपिएफ अन्तिम आठमा

रन्जन विष्टको उत्कृष्ट प्रदर्शनको मद्दतले सशस्त्र प्रहरीको विभागीय टोली एपिएफले नवजनजागृती यूवा क्लब सिमरालाई २–० गोल अन्तरले हराउँदै क्वाटर फाईनलमा प्रवेश गरेको छ ।सिमरा रंगशालामा भएको खेलमा घरेलु टोली नजागृतीलाई पाखा लगाउँदै एपिएफले क्वाटर फाईनलमा त्रिभुवन आर्मी क्लबसंगको भेट पक्का गरेको हो ।

एपिएफ र आयोजकको ‘निलो’ टोलीबीच प्रतिस्पर्धा हुदै

बाराको सिमरामा जारी नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) नेपाल एपिएफ क्लब र आयोजक नवजनजागृती युवा क्लबको एनजेजेवाईसि ‘निलो’ क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल सिमरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

एपिएफ र न्यु डायमन्ड अन्तिम चारमा

सशस्त्र प्रहरीको एपिएफ क्लब र शिवम् न्यु डायमन्ड एकेडेमीले आइतबार शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् ।

एपिएफलाई उपाधि

विभागीय क्लब सशस्त्र प्रहरी बल (एपिएफ) ले रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेलमैदानमा बिहीबार भएको १३औं संकरणको फाइनलमा एपिएफले शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । गत वर्ष रिड मोडलले उपाधि जितेको थियो । रिड मोडलले १३औं संस्करणमा सहभागिता जनाएन।

एपिएफ र न्यु डायमन्डबीच फाइनल

एपिएफ र शिवम् न्यु डायमन्ड १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

एपिएफको अपराजित यात्रा कायम

रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबलमा एपिएफले अपराजित यात्रा कायम राखेको छ । बिहीबार सम्पन्न खेलमा एपिएफले आर्मीविरुद्ध दोहोरो जित निकालेको हो।

एपिएफ अपराजित

शीर्ष स्थानको शिवम न्यु डायमण्ड एकेडेमीलाई पाँच सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा २५–२०, १३–२५, २५–२२, २३–२५, १५–१२ ले निराश पार्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ ।

एपिएफ र  संकटा भिड्दै

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विहिबार (आज) एपिएफ र  संकटा क्लबबीच प्रतिष्पर्धा हुदैछ। खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ।

एपिएफ र आर्मीको दोहोरो जित

विभागीय टोली नेपाल एपिएप क्लब र त्रिभुवन आर्मी क्लबले ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको दोस्रो दिन दोहोरो जित निकालेका छन्।

उपाधि भिडन्तमा एपिएफ र आर्मी

आयोजक सुदूर पश्चिम ११ स्पोर्ट्स क्लबको यात्रा सेमिफाइनलमा रोक्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लब नेपाल आइस सुदूर पश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

खप्तड गोल्ड कपः एपिएफ फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालमा आइतबार भएको सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिम–११ लाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल पक्का गरेको हो।

एपिएफको जितमा अन्जन नायक

नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर अन्जन विष्टको दुई गोलप्रेरित नेपाल एपिएफ क्लब बुधबार नेपाल आइस सुदूर पश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले कैलालीको धनगढी रंगशालामा बुधबार भएको क्वार्टरफाइनलमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको प्रतिद्वन्द्वी सिएमजी क्लब संकटामाथि २–० को विजयी नतिजा निकालेको थियो ।

आर्मी पुरुष र एपिएफ महिला च्याम्पियन

नेपाल आर्मी र एपिएफ राखेप च्याम्पियनसिप अन्तर्गत २७औं पुरुष र आठौं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेका छन् । नेपाल आर्मी पुरुष तथा महिलामा एपिएफ टिम च्याम्पियन भए । बुधबार सम्पन्न प्रतियोगितामा आर्मीले पुरुषतर्फका ८ स्वर्ण, १ रजत र १ कांस्य जित्दा महिलामा एपिएफले ३ स्वर्ण ४ रजत १ कांस्यसहित च्याम्पियन भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

एपिएफको सम्भावना बलियो

विभागीय डर्बीमा मंगलबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि २–१ को विजयी नतिजा निकाल्दै सशस्त्र प्रहरी बलको एपिएफले राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधि उचाल्ने सम्भावना बलियो बनाएको छ ।

आर्मी र एपिएफको सहज जित

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफले राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला फुटबल लिग प्रतियोगिताको सुपर लिगमा आइतबार सहज जित हासिल गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्