२० आश्विन २०८१ आइतबार
image/svg+xml

एपिएफका खेलाडी सम्मानित

अन्नपूर्ण होटल दरवारमार्गले एपिएफका महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ। एपिएफका खेलाडीलाई शुक्रबार अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत राजुविक्रम शाहले सम्मान गरेका हुन्।

एपिएफ सेमिफाइनलमा

सशस्त्र प्रहरीको एपिएफ क्लब दोस्रो संस्करणको चन्द्रागिरि रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ।

दुवै प्रहरी समूहविजेता

विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस क्लब जारी पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्।

एकलमा दीपेश र रसिलाको उदय

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङको वर्चस्व तोड्दै एपिएफ क्लबका दीपेश धामी ब्याडमिन्टनको पुरुष एकलमा च्याम्पियन भएका छन्। आठौं राष्ट्रिय खेलकुदअन्तर्गत दाङको घोरहीस्थित कभर्डहलमा शनिबार भएको फाइनलमा रत्नजितलाई सोझो सेटमा स्तब्ध बनाउँदै दीपेशले पुरुष एकलमा उदयको संकेत दिएका हुन्।

सरस्वती र आशिषलाई दोस्रो स्वर्ण

त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरी र एपिएफ क्लबका आशिष चौधरीले जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्समा दोस्रो स्वर्ण जितेका छन्।

थ्री स्टार उपाधिनजिक

विभागीय टोली एपिएफ क्लबलाई २–० ले पराजित गर्दै थ्री स्टार क्लब सर्लाहीमा जारी तेस्रो तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बागमती युवा क्लबको अयोजनामा सञ्चालन भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा सुशील राईले ३१औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए।

एपिएफ सेमिफाइनलमा

साबिकको विजेता सुदूरपश्चिम–११ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ सर्लाहीमा जारी राजर्षि जनक कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बागमती युवा क्लबको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा अन्तिम चारमा स्थानमा बनाउन एपिएफका प्रदीप स्याङ्तानले २८औं मिनेटमा गोलको खाता खोलेका थिए। पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा सुदीप सिखाकारले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै एपिएफलाई २–० को अग्रता दिलाए।

सुदूरपश्चिमलाई हराउँदै एपिएफ सेमिफाइनलमा

सुदूरपश्चिम–११ लाई हराउँदै सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ सर्लाहीमा जारी राजर्षि जनक कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

एपिएफको कठिन जीत

हिमालयन शेर्पा क्लब काठमाडौंलाई १—० ले हराउँदै एपिएफ क्लब सर्लाहीको बागमतीमा जारी तेस्रो राजर्षि जनक कप फूटबल प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक खेलको ७१औं मिनेटमा एपिएफकाका सन्तोष श्रेष्ठले निर्णायक गोल गर्दै टिमलाई जीत दिलाए। एपिएफका कप्तान टोप विष्टले गरेको प्रहार हिमालयनका रक्षकको खुट्टामा लागेर फर्किएको बल नियन्त्रणमा लिँदै सन्तोषले जाली चुमाएका हुन्।

एपिएफद्वारा उपाधि रक्षा

न्यु डायमन्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै आयोजक एपिएफले छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।

न्यु डाइमन्ड र एपिएफबीच उपाधि भिडन्त

चिर परिचित प्रतिद्वन्द्वी न्यु डायमन्ड र आयोजक सशस्त्र प्रहरी बलको एपिएफ क्लब सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा शुक्रबार भिड्ने भएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक महिला भलिबल : सेमिफाइनल समीकरण पूरा

सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनल यात्राका लागि बिहीबार विभागीय टोली एपिएफ र नेपाल पुलिस तथा न्यु डायमन्ड र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।

दीपेश तीनै विधाबाट सेमिफाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी १५औं कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको तीनै विधामा सेमिफाइनल पुग्न सफल भएका छन्।

पूजाको उत्कृष्ट प्रदर्शनमा एपिएफ विजयी

युवा स्पाइकर पूजा चौधरीको उत्कृष्ट प्रदर्शनप्रेरित आयोजक एपिएफ क्लबले सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

एपिएफलाई रोक्दै दाउफिन्स सेमिफाइनलमा

हेटौंडा १० स्थित वनविज्ञान अध्ययन संस्थानको चौरमा भएको खेलमा यानिक ओहानाले दाउफिन्सका लागि निर्णायक गोल गरे । नगामा अन्गोउलाको कप्तानीमा मैदान उत्रिएको दाउफिन्सका लागि ओहानाले खेलको ७९औं मिनेटमा सानदार गोल गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्