१५ वैशाख २०८१ शनिबार
image/svg+xml

ओमोडाको ग्लोबल जेन-जी गाडी आदर्श विकल्प

प्रयोगकर्ता-केन्द्रित विकासलाई समर्थन गर्दै ओमोडाले ग्लोबल जेन-जी केन्द्रित आदर्श विकल्प सिर्जना गरेको छ।

प्रविधिमा चिनियाँ शक्ति प्रदर्शनसहित एसियाड उद्घाटन

एसियाली खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सवको १९औं संस्करणको शनिबार चीनको प्रविधिमा शक्ति प्रदर्शनसहित औपचारिक रूपमा उद्घाटन भएको छ।

संसद् पुनःस्थापना भए अस्थिरता : प्रधानमन्त्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्‍यो। सिद्धेश्वर उच्च मावि प्रांगणमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई जनसभा कस्तो हुन्छ भनेर हेर्न बुटवल आउन आग्रह गरे। सुरुमै उनले केही दिनअघि देशभरबाट केही मान्छे जम्मा गरेर आफूलाई ललकार्नेहरूलाई बुटवलको जनसभाले जवाफ दिएको बताए। उनले बुटवलको सभालाई आफ्नो पक्षमा उर्लिएको जनमतका रूपमा व्याख्या गरे।

आज नेपाल–दाहाल समूहले राजधानीमा जनशक्ति प्रदर्शन गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहले शुक्रबार राजधानी काठमाडौंमा जनशक्ति प्रदर्शन गर्ने भएको छ। नेपाल–दाहाल समूहले प्रतिनिधिसभा विघटनको विरोध र पुनस्र्थापनाको पक्षमा गर्न लागिएको प्रदर्शन र सभामा एक लाखभन्दा बढी मानिस सहभागी हुने दाबी गरेको छ। प्रधानमन्त्री केपाी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा ओली र नेपाल–दाहाल समूहमा विभाजित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्