९ आश्विन २०८१ बुधबार
image/svg+xml

रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँट आइतबार

रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण शेयर (आइपिओ)को बाँडफाँट आइतबार हुने भएको छ।

रसुवागढी नाकामा मंगलबारबाट कारोबार सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा मंगलबारदेखि पुनः कारोबार सुरु भएको छ । कारोबार सुरु भएसँगै ८० वटा कन्टेनर नेपाल भित्रिएका छन् भने ५० वटा कन्टेनर चीन प्रवेश गरेका छन्।

रसुवागढी नाकाबाट ११ करोड २४ लाखको कुचो निर्यात

अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै ११ करोड २४ लाख रुपैयाँ भन्दा बढीको अम्रिसो कुचो चीन निर्यात भएको छ।

रसुवागढी नाकाबाट १८ हजार चिनियाँ पर्यटक भित्रिए

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै नेपाल भित्रने चिनियाँ तथा विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै एक वर्षमा करिब १८ हजार पर्यटक नेपाल भित्रिएको टिमुरेस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

रसुवागढी नाकामा एक महिना कारोबार ठप्प हुने

ल्होसारको कारण रसुवागढी नाकामा एक महिनासम्म व्यवसायिक कारोबार ठप्प हुने भएको छ। चीनतर्फ ल्होसारको समयमा चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएकाले फागुन १ गतेदेखि कारोबार ठप्प हुने भएको हो।

गल्छी रसुवागढी सडक स्तरोन्नति तीव्र

दैनिक आठ घन्टा यातायात बन्द गरी निर्माण भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी’ सडक योजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ । पुस १ गतेदेखि माघ मसान्तसम्म दैनिक बिहान ८ बजेदखि र ९ बजेसम्म र ११ बजेदेखि अपरान्ह ४ बजेसम्म यातायात नै बन्द गरेर सडक निर्माण कार्यलाई तीव्रता दिने निर्णय गरेर काम गर्न थालेपछि सोचेजस्तै प्रगति भइरहेको आयोजनाले जनाएको छ।

रसुवागढी नाका हुँदै ३१ लाखको मुडा चीन निर्यात

रसुवागढी नाका हुँदै आर्थिक वर्षको पहिलो ६ महिनामा ३१ लाख भन्दा बढीको बाँसको मुडा चीन निर्यात भएको छ । नेपालको विभिन्न कारागारमा उत्पादन गरिएका मुडा संकलन गरेर ३१ लाख २० हजार मूल्य बराबरको मुडा निर्यात गरिएको हो। नाकाबाट कृषि तथा वनजन्य सामग्री निर्यातको क्रममा १२ हजार ८ सय ८० ओटा बाँसको मुडा चीनतर्फ निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट टिमुरेले जनाएको छ।

रसुवागढी–सान्जेनको अढाइ अर्बको सेयर आउँदै

रसुवागढी र सान्जेन जलविद्युत कम्पनी लिमिटेडले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका तत्कालीन जिविस र गाविसहरु¬) का कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष)का कर्मचारीका लागि छुट्ट्याइएको सेयर निष्कासन गर्न लागेको हो ।

रसुवागढीमा सुख्खा बन्दरगाह निर्माण हुँदै

रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ। चीनसँगको अन्तराष्ट्रिय व्यापारीक नाका रसुवागढी भन्दा २ किलोमिटर वर पर्ने टिमुरेमा अबको ४ महिना भित्र सुख्खा बन्दरगाह निर्माण सुरु हुने भएको हो।

रसुवागढी नाकामा एकीकृत चेकपोष्ट स्थापना

चीनसँगको व्यापारिक नाका रसुवागढीमा एकीकृत चेकपोष्ट स्थापना गरिएको छ। चार वटा कार्यालय एकै ठाउँमा सञ्चालन हुनेगरी चेकपोष्ट स्थापना गरिएको हो। प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार चेकपोष्टमा अध्यागमन कार्यालय, भन्सार कार्यालय, नेपाल प्रहरी र शसस्त्र प्रहरी रहने छ।

रसुवागढीले एक अर्ब बढीको साधारण शेयर जारी गर्दै

नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ।

एमाले अध्यक्ष ओली रसुवागढी नाकामा

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार रसुवागढी–केरुङ सीमा नाकाको अवलोकन गरेका छन्। मंगलबार रसुवा आएका उनले नेपाल–चीन सीमास्थित टिमुरेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो क्षेत्रबाटै रेलमार्ग निर्माण गर्ने बताए।

रसुवागढी नाका सुचारु

चीनसँगको व्यापारिक नाका रसुवागढी आइतबारबाट सुचारु भएको छ । निर्वाचनको अवधीका लागि ७२ घण्टा नाका सिल गरिएको थियो । बिहिबार राति १२ बजेबाट बन्द गरिएको नाका आइतबार राति १२ बजेबाट औपचारिक रुपमा सुचारु भएको हो ।

रसुवागढी नाका बन्द

चीनसँगको व्यापारिक नाका रसुवागढी नाका बिहीबार मध्यरातदेखि ७२ घन्टाका लागि बन्द गरिने भएको छ। चीनसँग सीमा जोडिएको नेपाली भूभाग रसुवामा हुन लागेको निर्वाचनलाई ध्यानमा राख्दै प्रशासनले अाज राति १२ बजेदेखि नाका बन्द गराउन लागेको हो। नाका बन्द हुँदा मान्छे एवं सवारी साधन आवात जावात गर्न पाउने छैनन्।

रसुवागढी नाका ७२ घण्टाको लागि बन्द

चीनसँगको व्यापारिक नाका रसुवागढी ७२ घण्टाको लागि बन्द गरिएको छ । निर्वाचन आउन तीन दिन बाँकी रहँदा आज राति १२ बजेदेखि नाकामा शिल लगाइने भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्