१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

सेयर बजार नौ बिन्दुले उक्लियो

सेयर बजार मापक नेप्से सूचक सोमबार ९.५५ विन्दुले बढेको छ । निरन्तर आरोलो लाग्दै आएको नेप्सेमा सोमबार सुधार देखिएको हो । उक्त दिन नेप्से १२४१.१९ बिन्दुमा पुगेको छ।

सेयर सूचक २५ बिन्दुले घट्यो

सेयर बजार मापक नेप्से सूचक आइतबार २५.४३ बिन्दुले घटेको छ । उक्त दिन नेप्से १२३१.६४ अंकमा आइपुगेको छ । आइतबार कुल एक सय ६२ कम्पनीको ४४ करोड ४३ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । उक्त दिन ११ लाख ७६ हजार ३४ कित्ता सेयर खरिद–बिक्री भएका छन्।

‘कम्युनिष्ट रवैया जारी रहे सेयर लगानीकर्ता भाग्छन्’

कम्युनिष्ट सरकार पूँजी बजारप्रति नकारात्मक हुँदा सेयर बजारमा असर परेको नेपाल लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले आरोप लगाएका छन्। बिहीबार रेडियो नागरिकसँगको संवादमा अध्यक्ष अर्यालले सरकार पूँजी बजारलाई उत्साहित बनाउन भन्दा पनि नयाँ नयाँ प्रोपोगाण्डा गरेर निरुत्साहित गराउन उद्यत रहेकाले सेयर बजार निरन्तर ओरालो लागिरहेको दाबी गरे।

सरकारद्वारा सेयर लाभकरको नयाँ व्यवस्था फिर्ता

सरकार सेयरको बोनस र हकप्रद सेयरको अंकित मूल्यभन्दा बढी रकम पुँजीगत लाभकर लिने निर्णयबाट पछि हटेको छ। सरकार पछिहटेसँगै अब पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने भएको छ।

आन्दोलनले आज पनि सेयर कारोबार प्रभावित

सेयर कारोबारमा लगानीगर्ने लगानीकर्ताहरुले आज पनि सेयर कारोबार बन्द गरी आन्दोलन गर्ने भएका छन्। याे सँगै अान्दाेलनका कारण प्रभावित भएकाे सेयर बजार अज पनि ठप्प हुने भएकाे छ।

लाभकर विवादले सेयर कारोबार ठप्प

सरकारले बोनस र हकप्रद सेयर किनबेच हुँदा अंकित मूल्यभन्दा बढी रकममा पुँजीगत लाभकर लिने व्यवस्था गरेपछि विरोधमा उत्रिएका लगानीकर्ताले मंगलबारको सेयर कारोबार ठप्प पारेका छन् । मंगलबार सेयर बजार खुले पनि कारोबार भएन ।

सेयर बजारलाई लाभकरकाे झापड

सरकारले कुनै कम्पनीले दिने हकप्रद र बोनस सेयरमा आधार मूल्य (एक सय रुपैयाँ अधिकांशको) देखि नै पुँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ । आन्तरिक राजस्व विभागले आइतबार उक्त निर्णय लागू गरेलगत्तै सेयर बजारमा उच्च बिन्दुको गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से करिब ३४ बिन्दुले ओर्लिएको छ । आइतबारको कदमलाई पुँजीबजारमाथि सरकारले हानेको झापडको रुपमा हेरिएको छ।

कुन मन्त्रीसँग कति सेयर

कुन मन्त्रीसँग कति सेयर होला ? हालै सार्वजनिक मन्त्रीको सम्पत्ति विवरणले धेरैजसो मन्त्रीमा सेयर लगानीमोह छर्लंग गर्छ।

ब्रोकरबाटै सेयर धितोमा ऋण

सेयर धितो राखी बैंकबाट कर्जा लिँदै आएका लगानीकर्ताले अब बैंकसम्म धाउनु नपर्ने भएको छ । सेयर किनबेचमा सहजीकरण गर्ने ब्रोकर कम्पनीले नै सेयर धितो राखेर कर्जा दिन पाउने कार्यविधि धितोपत्र बोर्डले पारित गरेपछि लगानीकर्ता बैंकसम्म पुग्नु नपर्ने भएको हो।

सेयर बजार ८ बिन्दुले ओर्लियो

साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लाग्यो । उक्त दिन नेप्से सूचक ७.७० बिन्दुले घटेर १३४८.४५ बिन्दुमा आइपुगेको छ।

सेयर घाटामा सरकारलार्इ गाली नगराैं

अर्थमन्त्री युवराज खतिवडाले सेयरमा लगानी गरेर कमाएको नाफा सरकारलाई नदिने, नोक्सान भयो भने त्यही सरकारलाई धारेहात लगाउने बानी बदल्न आग्रह गरेका छन्।नेपाल धितोपत्र बोर्डले आफ्नो रजत जयन्तीको अवसरमा राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको दुईदिने धितोपत्र बजार प्रदर्शनीको उद्घाटन सत्रमा उनले सेयरमा घाटा खाँदा सरकारलाई धारेहात नलगाउन आग्रह गरेका हुन।

इन्टरनेटबाटै सेयर खरिद–बिक्री आदेश दिन सकिने

फोन, एसएमएस र ब्रोकर कार्यालयमा गएर खरिद–बिक्रीको आदेश दिँदै आएका लगानीकर्ताले अब त्यस्तो झन्झट उठाउनु नपर्ने भएको छ। सेयर किनबेचमा सहजीकरण गर्दै धितोपत्र बोर्डले इन्टरनेटमार्फत खरिद–बिक्रीको आदेश दिन सक्ने व्यवस्था गरेपछि लगानीकर्ता ब्रोकरसम्म पुग्नु नपर्ने भएको हो।

‘सेयर मूल्यको होइन, नीतिगत सुधारका कुरा गरौं’

अर्थमन्त्री युवराज खतिवडाले सेयर मूल्यमा हुने उतारचढावलाई आधार मानेर भन्दा पनि नीतिगत सुधारबारे कुराकानी गरेर अगाडि बढनुपर्ने बताएका छन्। स्टक ब्रोकर र लगानीकर्तासँगको भेटमा उनले त्यस्तो धारणा व्यक्त गरेका हुन्। स्टक ब्रोक र लगानीकर्ता संघले बिहीबार संयुक्त रुपमा खतिवडालाई भेटेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्