१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

ज्योति बैंकद्वारा ‘बेबी वार्मर’ प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित ‘वार्मर’ (न्यानो बनाउने मसिन) प्रदान गरेको छ।

हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई सहयोग

हिमालयन बैंकले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकका कार्डवाहकलाई ओम हस्पिटलमा छुट

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बैंकका डेबिट–क्रेडिट कार्डवाहकहरूलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिइने भएको छ।

ग्लोबल आइएमई क्यापिटलको एकीकृत कारोबार सुरु

ग्लोबल आइएमई क्यापिटल र बैंक अफ काठमाडौं (बिओके) क्यापिटल मार्केट एक आपसमा गाभिएर ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबारको औपचारिक शुभारम्भ गरिएको छ।

सिटिजन्स बैंक र ओरो प्लस डेन्टलबीच सम्झौता

सिटिजन्स बैंक र पुल्चोकको ओरो प्लस डेन्टल क्लिनिक बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

आरविवी सेक्युरिटिजलाई धितोपत्र व्यवसायको अनुमति

राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरविवी सेक्युरिटिज कम्पनीलाई नेपाल धितोपत्र बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ।

गरिमा बैंकको सरल घर कर्जा र आवधिक कर्जा सार्वजनिक

गरिमा विकास बैंकले हरेक नेपालीको ‘आफ्नै घर-आफ्नै व्यवसाय’ सपना साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ।

सिटिजन्स बैंक र हार्ड रक क्याफेबीच सम्झौता

सिटिजन्स बैंक र शेर्पामलको हार्ड रक क्याफेबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

२१ दशमलव दुई प्रतिशतले बढ्यो ‘रेमिट्यान्स ’

गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ प्रतिशतले बढेको थियो।

गत आवमा यस्ता देखिए मुलुकका आर्थिक सूचक

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ।

हिमालयन बैंक र तायो इको रिर्सोटबीच सम्झौता

हिमालयन बैंक र तायो इको रिर्सोट बीच बैंकका ग्राहकलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

महालक्ष्मी बैंक पुरस्कृत

कर्मचारीलाई उत्कृष्ट, गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए बापत बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालद्वारा प्रदान गरिने ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड–२०२३’ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ।

‘ब्रेक सु’ भित्रको सुन आज गालिँदै

मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। उनका अनुसार सुन गाल्ने काम १०ः३० बजेबाट सुरु हुने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्