१३ भाद्र २०८३ शनिबार
image/svg+xml

नेपालको हिमनदी भत्किएपछि चीनमा पहिरो आएको प्रारम्भिक आकलन : चिनियाँ विदेश मन्त्रालय

चीनले घटनास्थलमा खोज तथा उद्धारका लागि ठुलो संख्यामा सुरक्षाकर्मी, उद्धारकर्मी तथा प्राविधिक टोली परिचालन गरेको छ। प्रभावित क्षेत्रका बासिन्दा र अलपत्र पर्यटकलाई सुरक्षित स्थानमा सार्ने कामसमेत गरिएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार

परम्परागत कृषि प्रणालीमा गोरुको प्रयोग तथा किसानलाई गोरु पालनतर्फ आकर्षित गर्न बाजुराका एक सय ५६ किसानलाई प्रतिकिसान रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको छ।

लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड दुई लाख ८३ हजार एक सय चार बक्यौता रकम असुल गरेको छ।

हालान्ड र चेर्की चम्किँदा सिटीको शानदार जित, आज लिभरपुल र टोटनहमको परीक्षा

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जितसहित नयाँ सिजनको सुरुआतलाई बलियो बनाएको छ।

भोटेकोशी बाढीपछि कसरी फर्काइँदैछ प्रभावित क्षेत्रमा सञ्चार सेवा ?

बाढी आएलगत्तै सञ्चार सेवा अवरुद्ध भयो, जसले गर्दा आम नागरिकले समयमै सही सूचना पाउन सकेनन्। फलस्वरूप मानिसहरू समयमै सही सूचनाबाट वञ्चित भए।

भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भइरहेको छ श*व व्यवस्थापन

प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म फेला परेका ५७९ मध्ये ५११ जनाको शव विभिन्न अस्पतालमा पुर्‍याइएको छ। जसअनुसार रसुवामा फेला परेका तीन शव जिल्ला अस्पताल धुन्चे, रसुवामा राखिएको छ।

नेपाल ‘ए’ आज अन्तिम लिग खेलमा, जित निकाल्ने लक्ष्य

अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले आज आफ्नो अन्तिम लिग खेल खेल्दैछ। नेपाल ‘ए’ ले भिक्टोरिया क्रिकेट एकेडेमीविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो।

भोटेकोशी बाढीपीडितका लागि विश्व बैंकदेखि चीनसम्मको सहयोग, राहत कोषमा साढे चार अर्ब

सरकार उच्च प्राथमिकताका साथ खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा जुटिरहेको छ। यस्तो विषम अवस्थामा स्वदेश र विदेश तथा विभिन्न संस्था र व्यक्तिबाट सरकारलाई सहयोग प्राप्त हुन थालिसकेको छ।

बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ।

हरेक दिन नयाँ पीडा, हरेक दिन नयाँ प्रश्न

भोटेकोशीको आकस्मिक बाढी र लेदोसहितको भेलले मानिसका घर, होटल, सडक, पुल, सवारीसाधन, व्यापारिक संरचना र सुरक्षाका संरचना बगाएको छ।

आज गाईजात्रा पर्व मनाइँदै

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ।

ट्याक्टर दुर्घटनामा घाइते १४ वर्षीय बालकको मृत्यु

खोटाङमा शुक्रबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा घाइतेमध्ये एक बालकको मृत्यु भएको छ।

भोटेकोशी नदीमा फेरि बाढी: रसुवादेखि मुग्लिनसम्म त्रिशूली किनारमा उच्च सतर्कता

शुक्रबार राति करिब ८:५४ बजे चीनतर्फबाट भोटेकोशी नदीमा बाढी बढेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायले तटीय क्षेत्रका बासिन्दालाई सचेत गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्