१९ वैशाख २०८१ बुधबार
image/svg+xml

केबलकार विस्तारको लहर: ७१ अर्ब लगानी, ६ वटा सञ्चालनमा

पछिल्लो समय मुलुकभर केबलकार निर्माण र विस्तारको लहर चलेको छ। पहिलो पटक गोरखामा मनकामना केबुलकार सञ्चालनमा आएको थियो।

पाथिभरामा केबलकार निर्माणको पक्षमा बृहत् र्‍याली

देशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि यात्रा सहज बनाउन तत्काल केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव र्‍याली निकालिएको छ।

मनकामना केबलकार एक दिनका लागि बन्द हुने

मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ। नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यहीँ चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

पाथीभरा केबलकार निर्माणमा सबै दलको सहमति

पूर्वी नेपालको ताप्लेजुङ जिल्लास्थित पाथिभरा (मुकुलुङ) मा केबलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनीतिक दलले आग्रह गरेका छन्।

सर्वपक्षीय बैठकपछि पाथीभरामा केबलकार निर्माण थालिने

ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ।

४५ करोड खर्चेर मनकामना केबलकारको स्तरोन्नति हुँदै

केबुलकारको २५ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले केबलकारलाई डिजिटललाइज गर्नका लागि ४५ करोड खर्चिने जानकारी दिएको हो।

नियमित सञ्चालनमा आयाे मनकामना केबलकार

मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ। बडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले बताए।

दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

लुम्बिनी केबलकारको टिकटमा ४०% छुट

लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरूको महान चाड दशैं, तिहार, नेपाल संवत् र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ।

एसियाली बडी ब्युल्डिङको उपाध्यक्षमा श्रेष्ठ

मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठ एसियाली बडी ब्युल्डिङको उपाध्यक्ष चयन भएका छन्।

लुम्बिनी केबलकारमा ३० हजार पर्यटक

लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन्।

डेढ अर्ब लगानीमा लुम्बिनी केबलकार

लुम्बिनीमा करिब डेढ अर्ब लगानी गरी केबलकार निर्माण सम्पन्न भएको छ। आइएमई ग्रुपको लगानीमा बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म केवलकार निर्माण गरिएको छ। केबलकारको दूरी ३ किलोमिटर रहेको छ।

केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन

गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ।

मनकामना केबलकार ११ दिनपछि सञ्चालनमा

विद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्