१५ वैशाख २०८१ शनिबार
image/svg+xml

मोडेलमा पिसाव थैलीको दुर्लभ शल्यक्रिया

मोडेल अस्पतालका चिकित्सकहरुले १४ वर्षीय किशोरीको आन्द्राको जटिल शल्यक्रिया गरी नयाँ जीवन दिएका छन्। तेह्रथुमकी गंगा बास्कोटाको जन्मजात भएको पिसाव थैलीको शल्यक्रिया गरी कृत्रिम थैली तथा नली बनाएपछि उनको पिसाव चुहिने समस्या रोकिएको हो। शल्यक्रियापछि गंगाले नयाँ जीवन पाएकी छन्।

प्रधानमन्त्री ओलीको शल्यक्रिया गर्न पाँच घण्टा लाग्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्न अहिले अप्रेसन (शल्यक्रिया) भइरहेको छ। प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा बुधबार बिहान १० बजेपछि शल्यक्रिया सुरु गरिएको हो।

'सामान्य हिँड्न र खाना खान समस्या छैन'

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा थप सुधार आएको छ। महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार एपेन्डिसाईटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ। बिहीबार बिहान अस्पतालका चिकित्सक अरुण सायमीले प्रधानमन्त्री ओली सामान्य हिडन र खाना खान सक्ने भएको जानकारी दिए।

शरीर जाेडीएका बच्चाकाे सफलतापूर्वक शल्यक्रिया सम्पन्न

शरीरको छातीको भाग जोडीएका जुम्ल्याहा बच्चाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। भुटानका १५ महिने निमा र देवा नाम गरेका बच्चाको अष्ट्रेलियामा शल्यक्रिया सम्पन्न भएको हो।

जाजरकाेट अस्पतालमा  २४ घण्टे आकस्मिक प्रसुति सल्यक्रिया सुरु

१५ सैयाबाट  ५० सैयामा स्तरवृद्धि भएको  २ वर्षपछि जाजरकोट अस्पतालमा पहिलो पटक २४ घण्टे आकस्मिक प्रसुति सल्यक्रिया विशेषज्ञ सेवा  सुरु भएको छ।

सल्यक्रियापछि सुत्केरीको मृत्यु

उर्लाबारी (मोरङ)– उर्लाबारी – ४ स्थित गोदाबारी हस्पिटलमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ। प्रसूतिका लागि सोमबार अस्पताल भर्ना गरिएकी झापा, दमक – १६ बस्ने २५ वर्षीया ज्योति खड्काको आज बिहान मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्