‘प्रारम्भिक बालविकासको मुद्दा ओझेलमा’
कर्णालीमा प्रारम्भिक बालविकासको मुद्दा ओझेलमा परेको कर्णाली प्रदेशको सामाजिक विकास समितिकी अध्यक्ष सीता नेपालीले बताएकी छिन्। वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रममा उनले मानव विकासको पहिलो चरण प्रारम्भिक बालविकासलाई राज्यले ध्यान नदिएको बताइन्।