२४ असार २०८१ सोमबार
image/svg+xml

बल्ल स्थानीय निर्वाचन समीक्षामा जुट्दै कांग्रेस

मिति नै घोषणा नभए पनि कात्तिक अन्तिम वा मंसिर पहिलो साता निर्वाचन गर्नेगरी सरकारले तयारी थालेका बेला कांग्रेसले भने निर्वाचन तयारीमा कुनै पहल थालेको छैन।

गम्भीरतापूर्वक निर्वाचन तयारीमा लाग्नुस् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष, भयरहित, विश्वसनीय रूपमा निर्वाचनका लागि गम्भीरतापूर्वक काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छिन्। आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले आयोग पदाधिकारीसँग शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकाले तोकिएको समयमै प्रतिनिधिसभाको निर्वाचन गर्न जरुरी भएको बताइन्।

निर्वाचन तयारी रोक्न आयोगद्वारा अस्वीकार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले निर्वाचन तयारी रोक्न गरेको प्रस्तावलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ। प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै परेको मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन रहेका बेला निर्वाचन तयारी रोक्नुपर्ने प्रस्ताव दाहाल–नेपाल समूहले राखेपछि आयोगले अस्वीकार गरेको हो।

कांग्रेसले आज ३३० ठाउँमा प्रदर्शन गर्दै

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधसँगै निर्वाचनको तयारीलाई पनि एकसाथ अघि बढाउने भएको छ। सरकारविरुद्ध मंसिर अन्तिमसाता ७७ वट्टै जिल्लामा प्रदर्शन गरेको कांग्रेसले पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै विरोधका कार्यक्रम र निर्वाचन तयारीलाई एकैसाथ अघि बढाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्