३ मंसिर २०८१ सोमबार
image/svg+xml

बाइडेनले युक्रेन भ्रमण नगर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन्।

राष्ट्रपति भण्डारीबाट ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरेकी छिन्।

राष्ट्रपति पुटिनले तेल, ग्यास क्षेत्रको अवस्थाबारे बैठक गर्ने

बैठकको मुख्य प्रतिवेदन उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले तयार पार्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्।

राष्ट्रपति भण्डारीबाट विभूषण प्रदान

सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व पोष्टबहादुर बोगटी, स्व मार्शलजुलुम शाक्य, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सुशोभन गरियो।

राष्ट्रपति भण्डारीबाट २६२१औँ महावीर जयन्तीको शुभकामना

महावीरले जनकल्याणका लागि गरेकाे मार्गदर्शनको परिपालन गर्नसके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव र सहिष्णुता कायम हुनका साथै दिगो शान्ति र अहिंसा प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास शुभकामना सन्देशमा भनिएको छ।

पुटिन तानाशाही भएकाे बाइडेनकाे आरोप

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाई सत्य भएको बताएका छन्। ‘सत्य नेताको सत्य शब्द’, बाइडेनको भनाइप्रति इंगित गर्दै जेलेन्कीले टिप्पणी गरेका छन्।

चुनावमा सेना परिचालन हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छिन्।

सबै सेवा पाउनु जनताको मौलिक अधिकार होः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापना भएपछि नेपालीका लागि स्वास्थ, शिक्षा र सामाजिक न्याय पाउनु जनताको मौलिक अधिकार भएको बताएकी छिन्।

यूक्रेन रूससँगको वार्ताका लागि अझै तयार छ: जेलेन्स्की

यूक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिजो बताएका छन्।

बुडापेस्टमा आएर रुस-युक्रेन युद्ध अन्त्य गर्न हङ्गेरीका प्रधानमन्त्रीको आग्रह

हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्वानले हङ्गेरीमा आएर युक्रेनसँग वार्ता गर्न रुसका राष्ट्रपतिलाई आग्रह गरेका छन्।

श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन्।

रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै खराब अपराध गर्‍योः जेलेन्स्की

संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले रुसी सेनाले अत्याचार गरेको कुनै प्रमाण नभएको दाबी गरे।

पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भयोः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन्।

वेपत्ता यूक्रेनी पत्रकार कीभ नजिकै मृत अवस्थामा फेला

यूक्रेनले शनिबार फोटोग्राफर तथा वृत्तचित्र निर्माता मक्स लेविन राजधानी कीभ नजिकै मृत अवस्थामा फेला परेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्