१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

नेपाल पक्षमा साढे ३ लाख कार्यकर्ता भएको दाबीः सबैलाई कारबाही गरेर देखाउन चुनौती

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेपछि नेपाल समूहले आफ्नो पक्षमा रहेका साढे तीन लाख नेता–कार्यकर्तालाई नै कारबाही गर्न चुनौती दिएका छन्।

नेपाल पक्षले स्पष्टीकरण नदिने

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण पत्र पठाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार चारजना नेतालाई सोमबार स्पष्टीकरण पत्र दिइएको जानकारी दिए।

४८ वर्षको मायाप्रीति एकै रातमा नटुट्ने : नेता नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको ४८ वर्ष लामो सम्बन्ध एकै रातमा नसिद्धिने बताएका छन् । आफू निकट युवा संघको भेलालाई शनिबार सम्बोधन गर्ने क्रममा उनले ओली र आफूबीच लामो मायाप्रीति भएको भन्दै यस्तो बताएका हुन् ।

दुवै पक्ष देशव्यापी गुट भेलामा

ओली पक्षले मदन भण्डारी फाउन्डेसनमार्फत गुट भेला गर्दै आएको छ। पार्टीभित्र विवादको एउटा जड मदन भण्डारी फाउन्डेसनका नाममा हुने गुट भेला पनि रहेको छ। प्रधानमन्त्री ओली तथा निकट नेताहरूले वडा तहसम्म पनि फाउन्डेसनलाई सक्रिय बनाएर गुट भेला गरिरहेको दाहाल–नेपाल पक्षको आरोप छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्