६ वैशाख २०८१ बिहीबार

नौ गोही मरे

गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन्। सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार नौ वटा गोही तिहारी जालमा परेर मरेका थिए भने जालमा परेका १२ वटा गोहीलाई उद्धार गरिएको थियो। सात वटा राप्तीमा र दुई वटा नारायणी नदीमा जालमा परेर मरेका हुन। जसमध्ये एउटा ठूलो हो भने अन्य साना हुन। अघिल्लो आर्थिक वर्षमा तिहारी जालमा परेर एउटा मात्र भाले गोही मरेको थियो।

गजेन्द्रमोक्ष कहिले बन्ला दुःखमोक्ष ?

गोहीको आक्रमणबाट हात्तीलाई विष्णुले उद्धार गरेको गजेन्द्रमोक्ष धाममा बर्सेनि हजारौं भक्तजन आउँछन्। तर, यसै क्षेत्रका बासिन्दाका लागि भने नारायणी नदी वर्षाैदेखि गोहीजस्तै बनेको छ। विगतको असमान गण्डक सम्झौताका कारण हरेक वर्ष नारायणीको भेलले त्रसित स्थानीय यो दुःखबाट उद्धारको प्रतीक्षामा छन्।

एक सय गोही राप्तीमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ।

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्छन्।

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आउनुभएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्छन्।

राप्ती र नारायणीमा भेटियो दुई भाले घडियाल गोही

भाले गोहीविहीन भनिएको राप्ती र नारायणी नदीमा अहिले तीनबटा भाले गोही भेटिएको गणनाका क्रममा फेला परेको छ।  गत वर्षको जेठ १० गते नारायणी नदीमा जालमा परेर एउटा घडियाल भाले गोही मरेपछि राप्ती र नारायणी नदी भाले गोहीविहीन बनेकाले गत पुस ८ गते बर्दियाबाट एउटा भाले गोही ल्याइएको थियो।

राप्ती तटमा रमाउँदै चरा र गोहीहरू(फोटो फिचर)

हिउँदयाममा नेपालका नदी, खोला, ताल तलैया र सिमसार क्षेत्रमा बसाइ सरेर आउने पानी चरा (विन्टर वाटर बर्ड) को गणना हुन्छ । नदी सफा भए, माछा अन्य जिव र लेउहरु हुन्छन् । तिनै वस्तु खान निकै टाढा साइबेरियादेखि हिमश्रृङ्खला पार गरेर चराहरु नेपाल आउँछन् । नेपालमा बसाइ सरेर आउने पानी चरा भेटिनु भनेको यहाँको नदी, खोला, ताल तलैया र सिमसार प्रदुषित छैनन् भन्ने पनि हो ।

भाले गोही खोज्न निकुञ्जको टोली पश्चिम नेपाल जाने

चितवन राष्ट्रिय निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्जको टोली भालेको खोजीमा पश्चिम नेपाल जाने भएको छ। टोलीले पश्चिम नेपालको बबई र कर्णाली नदीमा भाले घडियाल खोजी गरी यहाँ ल्याउनेछ।

भारत पुगेका गोही फर्कँदैनन्

सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको सङ्ख्या बढाउनका लागि एक हजार २२६ वटा गोही विभिन्न नदीमा छाडिएको छ।

जब आँगनमा गोहीको बच्चा फेला पर्यो

कञ्चनपुरको बेलडाँडी नगरपालिका–७ मा विकास सेठीको आँगनमा आइतबार साँझ लोपोन्मुख अवस्थाको गोही फेला परेको छ । घर आँगनमै गोही फेला परेपछि सेठी परिवारले बेलडाँडी रेञ्जपोस्ट कार्यालयमा खबर गरेका थिए । गोहीको उद्धार गरी शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको रेञ्जपोस्टका प्राविधिक उत्तमबहादुर विष्टले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्