२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

रेल आउने कहिले, हातपात भने अहिले

पूर्व–पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ। सो क्रममा स्थानीय ज्योतिप्रसाद अर्याल कुटिएका छन्। डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटवल उपमहानगरपालिका वडा नं. ११ कार्यालयमा बैठक बसेकोथियो।

दुई कोरिया सडक तथा रेलमार्गबाट जोडिने

आधुनिक उत्तर कोरियालाई सडक तथा रेलमार्गसँग जोडने महत्वकांक्षी योजनाको सुभारम्भ समारोहमा दक्षिण कोरियाली अधिकारीहरु सहभागी भएका छन्। उक्त समारोह दुबै कोरियाली महाद्धीपबीच भएको संयुक्त नापजोखको एक साता पश्चात उत्तरकोरीयाको सीमावर्ती शहर केइसोङमा भएको हो र यसले उत्तर दक्षिण रेलमार्ग जोडने आशा गरिएको छ।

लुम्बिनी र पोखरा रेलमार्गको काम पनि अगाडि बढ्ने

चीनले केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनलाई सँगसँगै अघि बढाउने भएको छ ।

डिपिआर तयार गर्न चीन सकारात्मक

प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न चीन सकारात्मक देखिएको छ। केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको चीन डिपिआर तयार गर्न पनि सकारात्मक देखिएको छ।

पहिलो दिन सम्भाव्यता अध्ययनमा केन्द्रित

केरुङ–काठमाडौं रेलमार्गको तेस्रो बैठकमा उक्त रेलमार्गको सम्भाव्यता अध्ययनबारे छलफल भएको छ। सोमबारदेखि नेपाली र चिनियाँ अधिकारीबीच सुरु भएको तेस्रो बैठकको पहिलो दिन रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ।

तेस्रो बैठक गर्न चिनियाँ टोली काठमाडौंमा

केरुङ–काठमाडौं रेलमार्गको तेस्रो नियमित बैठक गर्न चिनियाँ टोली आइतबार काठमाडौंमा आइपुगेको छ। अन्तरदेशीय रेलमार्ग निर्माण गर्ने विषयमा थप छलफल गर्न चिनियाँ टोली आएको हो।

बुटवलमा पुलमाथिबाट रेलमार्ग बनाउन सर्वे

पूर्व पश्चिम (मेची महाकाली) विद्युतीय रेलमार्गले बुटवल बजार क्षेत्रमा कम भन्दा कम क्षति गराउने गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन सर्वे भइरहेको छ । रेल विभागले बुटवल लमही खण्डको विस्तृत आयोजना प्रतिवेदनका लागि अहिले सर्वे गरिरहेको हाे

रेलले जाेडिने भए दुर्इ काेरिया

उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको छ। कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो।

प्रतिकिलोमिटर तीन अर्ब ५५ करोड लाग्ने

बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको निर्माण खर्च प्रतिकिलोमिटर तीन अर्ब ५५ करोड रुपैयाँ लाग्ने भएको छ।

केरुङ–काठमाडौं रेलमार्ग : ९ वर्षभित्र निर्माण, साढे २ खर्ब लागत

सरकारले वार्षिक २८ अर्ब ५५ करोड लगानी गरे आगामी ९ वर्षभित्र केरुङ–काठमाडौं रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ। रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार सो रेलमार्गको कूल लागत २ खर्ब ५७ अर्ब हुने देखिएको छ। सोही आधारमा वार्षिक २८ अर्ब ५५ करोड लगानी गर्नुपर्ने देखिएको हो।

चीनसँग रेलमार्ग निर्माणसहित १० वटा सम्झौता

नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा विहीबार सम्झौता भएका छन्। यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ।

जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन

सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र वथनाहा–विराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ।

केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न

चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा परेको छ।

केरुङ-काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै

केरुङ-काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन्।

रेलमार्गबारे अध्ययन गर्न नेपाली टोली चीन प्रस्थान

केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्गको विषयमा थप छलफल गर्न नेपाली टोली चीन गएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित सात सदस्य टोली शनिबार चीनतर्फ लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्