२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

राष्ट्रपति भण्डारीको संसदको संयुक्त बैठक सम्बोधन(लाइभ)

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पहिलो पटक सम्बोधन गरिरहेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज संघीय संसदलाई सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज(विहीबार) संघीय संसदलाई सम्बोधन गर्ने भएकी छिन्। राष्ट्रपति भण्डारीले पहिलो पटक बस्न लागेको प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन्।

राष्ट्रपतिको कामकाजमा रोक लगाउन माग गर्दै सर्वाेच्चमा रिट दायर

राष्ट्रपतिको कामकाजमा रोक लगाउन अन्तरिम आदेशको माग गर्दै बुधबार सर्वाेच्चमा रिट दायर भएको छ। सो विषयको पेशी बिहिबारलाई नै तोकिएको छ।

म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित

म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित भएका छन् उनी सत्तारुढ दलका तर्फबाट उम्मेदवार थिए।  सन् १९४८ पछि उनी म्यानमारको १० औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्। संसदमा ६३६ जना सांसदले मतदान गरेकोमा उनले ४०३ मत प्राप्त गरेका थिए।

चिनियाँ राष्ट्रपति सि र उत्तर कोरियाली नेता किमबीच के कुरा भयो ?

मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको भ्रमणबारे चीनले आफु बेखबर जस्तै गर्‍यो। भ्रमणमात्र नभएर उनले चिनियाँ राष्ट्रपति सि चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै गरेको चिनियाँ समाचार समिति, सिन्ह्वाले बुधबार जनाएको छ।

कांग्रेसलाई राष्ट्रपतिको जवाफ : मेरो कार्यकाल खुला किताबजस्तो छ

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिका रुपमा आफ्नो पहिलो कार्यकाल देशका लागि खुला किताबजस्तो रहेको बताएकी छन्।

राष्ट्रपतिमा भण्डारी दोहोरिने भएपछि उपराष्ट्रपतिमा पुनको निश्चित

राष्ट्रपतिमा विद्या भण्डारी दोहोरिने भएपछि उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुन दोहोरिने निश्चित भएको छ। नेकपा एमालेले मंगलबार राती भण्डारीलाई पुन राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। भण्डारीले आज राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरिसकेकी छन्।

विद्या भण्डारीले गरिन राष्ट्रपतिमा उम्मेद्वारी दर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको आफ्नो दोश्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता गरेकी छिन् । यही फागुन २९ गते हुन् राष्ट्रपतिको निर्वाचनका लागि भण्डारीले उम्मेद्वारी दर्ता गराएकी हुन्।

कुमारी लक्ष्मी राईद्वारा राष्ट्रपतिमा उम्मेद्वारी दर्ता

नेपाली काँग्रेसकी कुमारी लक्ष्मी राईले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरेकी छिन्।

मनोनयन दर्ताका लागि राष्ट्रपति बानेश्वर जाँदै

भावी राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचनको सम्पर्क कार्यालय रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउँदै छिन् ।

काँग्रेसले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा लक्ष्मी राईलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको छ।

नेपाली काँग्रेस राष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिँदै

नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिनेसम्बन्धी निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

राष्ट्रपति निर्वाचनमा रेशम चौधरी पनि मतदाता

राष्ट्रपति निर्वाचनमा फौजदारी अभियोगमा पक्राउ परेका रेशमलाल चौधरी पनि मतदाता रहेका छन् । उनी कैलाली १ बाट प्रतिनिधिसभा निर्वाचित सदस्य हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामवलीको क्रमसंख्या २५६ मा उनको नाम छ । उनको मतदाता नम्बर ३३८४११४ हो।

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता आज

फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि बुधबार मनोनयन दर्ताको समय तोकिएको छ। बुधबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि उम्मेद्वारी दर्ताको समय निर्धारण गरिएको हो।

राष्ट्रपतिमा भण्डारीलार्इ नै दाेहाेर्‍याउने एमाले निर्णय

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पुनः राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्