१३ आश्विन २०८१ आइतबार
image/svg+xml

उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

सरकारले समयमा उखुको मूल्य निर्धारण नगरेको तथा भ्याट बापतको भुक्तानी नगरेको कारण किसानको खुँटी उखु खेतमै सुक्न थालेको छ। किसानको संलग्नताबिना उखुको एकतर्फी मूल्य तोकेर किसानलाई जसरी पनि उखु बेच्न बाध्य पार्ने नीतिको कारण खेतमै उखु सुक्न थालेको हो।

उखुको मूल्य जम्मा २५ रुपैयाँले वृद्धि, उखु नै नदिने किसानहरुको चेतावनी

सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन्।

उखुको मूल्य घटाउने दाउमा उद्योगी, उपलब्ध नगराउने रणनीतिमा किसान

उखुको मूल्य नतोकेर चिनी मिल सञ्चालनमा ल्याउँदा कम मूल्यमा उखु बेच्नुपर्ने बाध्यता हुने भन्दै किसानहरूले उद्योगलाई उखु उपलब्ध नगराउने अडान लिएका हुन।

उखुको मूल्य बढाउन किसानको माग

जिल्लाका किसानले अघिल्ला वर्षभन्दा बढाएर उखुको मूल्य कायम गर्न माग गरेका छन्। जिल्लाका उखु किसानका चार सङ्गठनले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय १७ रुपैयाँ कायम गर्न माग गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्