बस दुर्घटना एकको मृत्यु
धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषस्थित पशुपति डाँडामा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ५३ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ ।उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं ३ छेलाङबाट मंगलबार सदरमुकाम धादिङबेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर रूखमा अड्किएको थियो ।