पर्यटकको रोजाइ बन्दै पटिहानी
वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो।
वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो।
पछिल्लो समय युवाहरुमा बढी घुम्ने मोह जागेको छ। अधिकांश घुमेको ठाउँ हुने हुँदा केहि नयाँ गरौ भन्ने सोच हुन्छ नै। यस्तै केहि साहसिक एवम् नयाँ गरौ भन्नेको लागि पोखरादेखि २० किलोमिटरको दूरीमा रहेको पोखरा क्यानोनिङ उत्कृष्ट गन्तव्य बन्न सक्छ। २०१४ देखि संचालनमा आएको पोखरा क्यानोनिङले बिस्तारै पर्यटक तानिरहेको छ। पर्यटकीय गन्तव्य मर्दि हिमालको पदयात्रामा रहेको उक्त क्यानोनिङ अनुभविको लागि ७५ मिटरको उचाइ रहेको छ भने अन्यको लागि ४५ मिटरको उचाइमा रहेको छ। झरनामा डोरीको सहायताले भिरमा झर्नु निकै मनमोहक देखिन्छ। साहसिक खेलसंगै मर्दि पदयात्रा, पर्यटकीय होमस्टे ल्वाङ र घलेल कास्कीमा रहेको चिया बगान समेत हेर्न पाइन्छ। विभिन्न किसिमका रोचक गतिविधि गर्न सके पर्यटन तथा व्यसाय बढ्ने पोखरा क्यानोनिङका संचालक राम गुरुङले जानकारी दिए। कास्कीमा रहेर निरन्तर संचालन हुने र एक व्यक्तिमात्र भएपनि क्यानोनिङ गर्न पाउने पोखरा क्यानोनिङमात्र रहेको संचालक गुरुङले जानकारी दिए।