२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कनकासुन्दरीको देयारपाटामा भाइरल ज्वरोको संक्रमण, १ महिलाको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट १ जना महिलाको मृत्यु भएको छ भने ५३ जना विरामी परेका छन्। ज्वरोका कारण मृत्यु हुनेमा सोही गाउँपालिका-७ देयारपाटा गाउँकी ६१ वर्षीय दिपु उपाध्याय रहेकी छिन्।

पिक अप दुर्घटना हुँदा चालकको मृत्यु

हिजोराति मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीमा पिक अप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

भिरबाट लडेर आमाछोराको मृत्यु

धादिङमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका-२ की १९ वर्षीया अप्सरा चेपाङ र उनको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो।

मकालु बेस क्याम्पमा एकको मृत्यु

सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ। मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिएका छन।

‘इच्छुक’ स्मृति दिवसमा प्रभातफेरि

एक्काइसौं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आज यहाँ प्रभातफेरि आयोजना गरेको छ।

रुकुममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सुत्केरी महिला सहित ५ जना छन्।

ताप्लेजुङमा स्कारपिओ दुर्घटनाः ५ बर्षे बालकको मृत्यु, एक घाइते

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ गाडी बिहीबार बिहान दुर्घटना हुँदा ५ बर्षे बालकको मृत्यु भएको छ।

उदयपुरमा चट्याङ लागेर बालिकाको मृत्यु

वर्षासँगै परेको चट्याङ लागेर कटारीकी एक बालिकाको ज्यान गएको छ । मंगलबार विहान ९ः०० बजे हावा हुरी र वर्षासँगै परेको चट्याङले कटारी नगरपालिका १२ चिलाउनेकी १२ वर्षीया निमा तमाङको मृत्यु भएको हाे।

नदीमा डुबेर दुई युवतीको मृत्यु

डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो।

पोखरा मोटरसाइकल दुर्घटनामा परी काठमाडाैंका सफलकाे मृत्यु

पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन्। आज विहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्