घलेगाउँ घरबासमा आउन थाले पर्यटक
गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन्।
गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन्।
यी मध्ये घलेगाउँ फरक शैली भएको गाउँ हो। धेरै पर्यटकीय गाउँठाउँहरुमा युवा पुस्ताले आफ्नो गाउँमा आएका पर्यटकलाई स्वागत तथा सत्कार गर्ने गरेको पाइन्छ। यहाँका बालबालिका र वृद्धवृद्धा पर्यटकको सत्कारमा जागरुक रहेको भेटिन्छ।
सार्क राष्ट्रको नमूना ग्रामीण पर्यटकीय होमस्टे घलेगाउँमा आएका पर्यटक तथा सो क्षेत्रका स्थानीयबासी १९ औं घलेगाउँ महोत्सवको रौनक छाएको छ।