२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चीनले दोक्लममा सैनिक संख्या बढायो : भारत

भारत र चीनको विवादित सीमा क्षेत्र दोक्लममा चीनले सैनिक संख्या बढाएको भारत बताएको छ। भुटानको भ्रमणको क्रममा रहेका बेला भारतीय विदेश सचिव एस जयशंकरले मंगलबार एक भटानी अधिकारी समक्ष कुराकानीको क्रममा चीनले सैनिक संख्या बढाएको आरोप लगाएका छन्।

सीमारक्षा आन्दोलनका अभियन्ता देवनारायण भारतीय जेलमा

देवनारायणका छोरा अजय र ज्योतिबीच विवाह भएको ६ महिना बितिसकेको अवस्थामा प्रहरीले पुरानो रिसइबी साध्न अपहरणको निहुँ झिकेको तिलाठीवासीको गुनासो छ ।

भारतले इलामदेखि पाँचथरसम्म लगाएकाे प्रतिबन्ध खुल्ला

भारतीय सीमावर्ती सिंहलीला नेसनल पार्कले रेडपाण्डाको प्रजनन समयमा पर्यटकको आगमनमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ । गत जुन १५ तारिखदेखि तीन महिनासम्मका लागि पार्कले लगाएको प्रतिबन्ध खुल्ला गरेको हो । पार्कले सेप्टेम्बर १५ तारिखदेखि रेडपाण्डा हेर्न पर्यटक र सर्वसाधारणका लागि खुल्ला गरेको जनाएको छ ।

यसरी एक साथ गणना गरिँदैछ नेपाल र भारतका बाघ

बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ । निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नोभेम्बर दोस्रो साताबाट बाघ गणना गर्ने तयारी भएको छ ।

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतलाई

नवलपरासीको भुजहवामा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारत गोरखपुरका शैलेश पहलवानले हासिल गरेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा शैलेशले उपाधिमाथि कब्जा जमाउन सफल भएका हुन् । यसैगरी प्रतियोगिताको उपविजेता भारतको बहराइचका राधे पहलवानले हासिल गर्न सफल भए । पहिलो स्थानका शैलेशले नगद रु पाँच हजारसहित मेडल प्राप्त गर्नुभयो भने द्वितीय स्थान ल्याउन सफल राधेले नगद रु तीन हजारसहित मेडल प्राप्त गरे ।

हरेक वर्ष दशैँमा घर फर्किँदा भारतीय भूमिमा लुटिन्छन् नेपाली

गतवर्ष दशैँका लागि भारतको राजधानी दिल्लीबाट घर फर्किरहेका चितवन गितानगरका नीरबहादुर थापा पश्चिमी नाका गड्डाचौकीमा आफूसित भएको नगद र सामान लुटिएर अर्धचेत अवस्थामा नेपाल प्रहरीको सम्पर्कमा अाइपुगे। उनीसित भएको रु ६७ हजार नगद, मोबाइल र साथमा रहेका लत्ताकपडा भारतमै लुटिएको थियो।

चीन–भारत जोड्ने कालीगण्डकी करिडोरमा सवारी सञ्चालन

ई छिमेकी मुलुकलाई जोड्ने व्यापार र पारवहनको लाइफलाइन मानिने कालीगण्डकी करिडोरमा सवारी सञ्चालनमा आएका छन् । बागलुङ खण्डमा नेपाली सेनाले ट्र्याक खोलेपछि मंगलबारदेखि औपचारिक रुपमा करिडोर सञ्चालनमा आएको हो ।

‘भारतमा अर्काे वर्षसम्म सबैको घरमा बिजुली’

नयाँ दिल्ली, असोज १० (एजेन्सी)–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्ष सन् २०१८ को अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली पुग्ने बताएका छन् ।

चाँदीका गहनासहित भारतीय पक्राउ

साढे चार किलो अवैध चाँदीका गहनासहित भारतीय नागरिक सुरेन्द्र साह पक्राउ परेका छन्।  भारतको मोतीहारी जिल्ला औराहियाठाना–४ आदापुर घर भएका ५१ वर्षीय साहलाई आइतबार साँझ बागलुङ सदरमुकामबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

कबड्डीमा भारतलाई उपाधि

भारतले अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा भारतले नेपाललाई ५९–२१ ले पराजित ग¥यो । भारतका गुर्दिप उत्कृष्ट केचर तथा भारतकै विनीत शर्मा उत्कृष्ट रेडर चुनिए ।

कुलदीपको ह्याट्रिकमा भारतको जित

कुलदीप यादवको पहिलो ह्याट्रिक तथा कप्तान विराट कोहलीको ९२ रनप्रेरित भारतले दोस्रो एकदिवसीय खेलमा बिहीबार अस्ट्रेलियालाई ५० रनले हराएको छ ।

फाइनलमा नेपाल र भारत

नेपाल र भारत अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । ३ राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोबिन लिगमा नेपाल उपविजेता र भारत विजेता बन्दै फाइनलमा पुगेका हुन् । नेपालले एक÷एक जित र हारको सामना गर्दै ३ अंक जोड्यो । दुवै खेलमा जित निकालेको भारतले ६ अंक बटुल्यो ।

सगुनबारे भारत सरकारको चासो

सोसल कमर्श साइट सगुनबारेमा भारतीय सरकारले चासो राखेको छ। भारतीय राजनीतिक नेतृत्वदेखि नीतिगत निर्णय गर्ने नेतृत्व तहले सगुनका बारेमा चासो राखेको हो।

भारतमा पत्रकारको कुटपिट गरी हत्या

भारतमा राजनीति विषयमा समाचार लेख्ने एकजना समाचारदाताको बुधबार हत्या भएको छ।  उनको कुटेर हत्या गरिएको अधिकारीले बिहीबार जानकारी दिएका छन्। करिब दुई हप्ता अघिमात्र भारत कै अर्का एकजना उच्च दर्जाका पत्रकारको पनि गोली हानी हत्या गरिएको बताइएको थियो।

मध्यपहाडी लोकमार्ग नेपाल-भारत सीमा पुर्‍याउने तयारी

पहाडै–पहाड पूर्व–पश्चिम जोड्न पुष्पालाल (मध्यपहाडी) लोकमार्गको रुट परिवर्तन गरेर नेपाल र भारतको सिमाना फालोट पुर्‍याउने तयारी भएको छ। लोकमार्गको सुरुवती विन्दु मानिएको चिवा भञ्याङमा भारतको सिक्किमतर्फ सडक नभएकाले पाँचथरको उत्तरी च्याङ्थापु बजारदेखि नयाँ ट्याक बनाएर सिमानामा रहेको फालोट पुर्‍याउने तयारी भएको हो। यस अघि बनाइएको रुपरेखा परिवर्तन गरी फालोट लैजान लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्