५० हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीबाट ५० हजार अमेरिकी डलर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको हुनान प्रान्तकी ४७ वर्षीया लि लिवान रहेकी छिन् । बुधबार दिउसो रसुवागढीमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले उनलाई पक्राउ गरेको हो ।