४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

२१ दशमलव दुई प्रतिशतले बढ्यो ‘रेमिट्यान्स ’

गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ प्रतिशतले बढेको थियो।

मौद्रिक व्यवस्थामा भूराजनीति र प्रविधि

विद्यमान भूराजनीतिक अवस्थामा विश्वव्यापी मौद्रिक तथा वित्तीय व्यवस्था चीनको पक्षमा जाने सुरुमा आकलन गरिएकामा अब आएर त्यसो नभई यो विकसित प्रविधिमा अधिक निर्भर हुने देखिएको छ ।

नोटबाटै बन्छ अब नेपालमा ब्रिकेट

नेपाल राष्ट्र बैंकलेपूराना भएका र धुल्याउने क्रममा पुगेका नोटको व्यवस्थापनका लागि ब्रिकेट बनाउने भएको छ।

विद्युतीय कारोबारमा ठगीका गुनासा बढेः सचेत रहन राष्ट्र बैंकको आग्रह

केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै रु ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ। जसमा आरटिजिए मार्फत मात्रै ३४ खर्ब ७७ अर्ब भन्दा बढीको कारोबार भएको छ।

आयातमा कडाइ

केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दै तोकिएका वस्तु आयात गर्दा केहीको हकमा शतप्रतिशत र केहीमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ।

रिपोमार्फत बैंकिङप्रणालीमा २० अर्ब प्रवाह हुँदै

नेपाल बैंकर्स संघको ३५औं साधारणसभामा मंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकलाई संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गरेका थिए।

विदेशी मुद्रा सञ्चितिमा कमी: विदेश जानेले २ सय अमेरिकी डलरभन्दा बढी नगद नपाउने

असारको तुलनामा साउनमा विदेशी मुद्राको सञ्चिति ४४ अर्ब २१ करोड रूपैयाँले घटेर १३ खर्ब ५४ अर्ब ८२ करोड रूपैयाँमा झरेको छ। डलर अभाव हुँदै गएपछि राष्ट्र बैंकले तीन वर्षअघि पनि पर्यटक भिसामा विदेश जानेलाई दिँदै आएको दुई हजार पाँच सय अमेरिकी डलरको सुविधालाई एक हजार पाँच सय डलरमा झारेको थियो।

एक सातामा २६ अर्ब रूपैयाँले बढ्यो निक्षेप

वित्तीय संस्थामा तरलता अभाव हुन लागेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरूले २६ अर्ब रूपैयाँ निक्षेप संकलन गरेको तथ्यांक सार्वजनिक भएको छ।

आर्थिक पुनरुत्थानमा केन्द्रीय बैंकको भूमिका

विश्वको वित्तीय प्रणालीमा स्थायित्व कायम गर्न तथा विश्व आर्थिक पुनरुत्थानमा सहयोग पुर्‍याउन विश्वव्यापी रूपमा नै केन्द्रीय बैंकहरू संकटको समयमा पहिलो प्रतिरक्षा रेखा सावित भएका छन्।

लाभांश वा बोनस नदिनुः युरोपेली केन्द्रीय बैंक

युरोपेली केन्द्रीय बैंक (इसिबी) ले युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको छ।

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्