१० मंसिर २०८१ सोमबार
image/svg+xml

वडामै पुगेर योजना सम्झौता

सोलुदुधकुण्ड नगरपालिकाले वडामै पुगेर योजना सम्झौताको काम जारी राखेको छ। वडा कार्यालयबाट विनियोजित रकमबाट कार्यान्वयनमा आउने साना योजनाको सम्झौता वडा कार्यालयमै पुगेर गर्न थालिएको हो। वडा नम्बर १ टाक्सिन्दु, वडा नम्बर ९ गोराखानीलगायत वडाका साना योजना सम्झौता सकिएको नगरपालिकाले जनाएको छ।

बंगुरपालनबाट वार्षिक ६ लाख आम्दानी

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका पेमा तेन्जिन तामाङले बंगुर पाल्न थालेको साढे चार वर्ष भयो। जिल्लामा बंगुरको माग बढ्दै गएको र यसबाट राम्रो आम्दानी हुने देखेपछि उनले २०७१ फागुनदेखि बंगुरपालन सुरु गरेका हुन्।

रसुवाका पर्यटकीय क्षेत्रमा स्वदेशी पर्यटक बढे

रसुवाका पर्यटकीय क्षेत्रहरूमा स्वदेशी पर्यटक आउने क्रम बढेको छ। जिल्लाको लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढीलगायतका क्षेत्रमा स्वदेशी पर्यटकको आगमन बढेको छ।

तातोपानी कुण्ड जोखिममा

प्राकृतिक चिकित्सालयको नामले विश्वभरि नै चर्चामा रहेको म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानी कुण्ड म्याग्दी नदीको कटानका कारण जोखिममा परेको छ।

गोसाइँकुण्ड मेलामा एक लाख ३४ हजार भेटी

जनैपूर्णिमा मेलाको अवसरमा गोसाइँकुण्डमा आएका तीर्थयात्रीले एक लाख ३४ हजार रुपयाँ भेटी चढाएका छन्।

हजार तीर्थयात्रीले लिए स्वास्थ्य सेवा

गोसाइँकुण्ड मेलामा आएका हजारभन्दा बढी तीर्थयात्रीले स्वास्थ्य सेवा लिएका छन्। गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाका अनुसार ६ दिनमा एक हजार आठजनाले सेवा लिएका हुन्। मेलाको समयमा लेक लाग्ने तथा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउनेभएकाले स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

गोसाइँकुण्ड मेलाका तीर्थयात्रीलाई दही वितरण

गोसाइँकुण्ड मेलाबाट फर्किएका तीर्थयात्रीलाई शुक्रबार दही वितरण गरिएको छ। जनैपूर्णिमा मेला भरेर फर्किएका दुई हजार तीन सय तीर्थयात्रीलाई नीलकण्ठ महादेव मन्दिर संरक्षण समिति र उत्तरगया कालिका वृद्ध समाजद्वारा दही वितरण गरिएको हो।

गोसाइँकुण्ड पुगे नाै हजार तीर्थयात्री

चलेको मेलामा ९ हजार १ सय ९१ ले मेला भरेको नेपाली सेनाद्वारा संकलित तथ्यांकमा उल्लेख छ।

दुधकुण्ड पुगे सयौं दर्शनार्थी

मगर मात्र होइन जिल्लाभित्र र बाहिरका सयौं दर्शनार्थी बर्सेनी दुधकुण्डको मेला भर्न आउँछन्।ठूलो दुधकुण्ड पोखरी पुग्न नसक्ने दर्शनार्थीले सानो दुधकुण्डको दर्शन गर्दै आएका छन्।

गोसाइँकुण्ड गएका तीर्थयात्रीको लेक लागेर मृत्यु

गोसाइँकुण्डस्थित एक होटलमा बसेका उनलाई राति गाह्रो भएपछि स्वास्थ्यकर्मीले जाँच गरेका थिए। जाँच गर्ने क्रममा नै उनको निधन भएको प्रहरीले जनाएको छ।

सोलु कम्युनिटी हस्पिटल निर्माणार्थ अभियान

सोलुदुधकुण्ड नगरपालिका–७ नाजिङमा ‘सोलु कम्युनिटी हस्पिटल’ निर्माणार्थ अभियान सुरु गरिएको छ। आगामी २०८० सम्ममा हस्पिटल सञ्चालनमा ल्याउने लक्ष्यसहित अभियान सुरु गरिएको शनिबार सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

गोसाइँकुण्ड जाने पदमार्ग मर्मत

गोसाइँकुण्ड जाने पदमार्ग मर्मत गरिएको छ। सोमबारदेखि लाग्ने गोसाइँकुण्ड मेलालाई ध्यानमा राखेर धुन्चे–गोसाइँकुण्ड पदमार्ग मर्मत गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

गोसाइँकुण्ड मेलाकाे दररेट ताेकियाे

जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका लागि दररेट (शुल्क) निर्धारण भएको छ। मेलाको समयमा तीर्थयात्री ठगिने सम्भावना कम गर्नका लागि दररेट निर्धारण गरिएको हो।

संस्थागत सुत्केरी गराउनेलाई भत्ता

नौकुण्ड गाउँपालिकाले संस्थागत रूपमा सुत्केरी गराउनेलाई दुई क्रेट अन्डासँगै ५ सय रुपैयाँ दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्