coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भिड

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भिड रहेको छ।

बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला

काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला भएको छ। बाल गोपालेश्वर मन्दिर आज दिनभर खुला गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ।

भोलि बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला रहने

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बुधाबर बिहानैदेखि खुल्ने हुनेछ।भाइटीकाका अवसरमाबुधबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेलाई भाइटीका लगाइँदै

दिदि–बहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदिबहिनी एवं दाजुभाइ नहुनेहरू भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन्।

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखियो

रानीपोखरीमा पुनर्निर्माण भइरहेको बालगोपालेश्वरको मन्दिरमा गजुर राखिएको छ। शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा गजुर प्रतिस्थापन गरेपछि पोखरीमा माछाका भुरा समेत छोडिने छ।

बालगोपालेश्वर मन्दिर प्राचीन शैलीमा बन्ने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु भएको छ। असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए/तुलसी कन्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण सुरु गरेको हो।

रानीपोखरीको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु भएको छ। असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए÷तुलसी कन्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण सुरु गरेको हो।

रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई

सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रदान गरेको छ। माघ १४ गतेको मन्त्रिपरिषद् बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण सम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो।

बालगोपालेश्वर स्वरूप विवाद

रानीपोखरीको मध्यभागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर मल्लकालीन शैलीमा नै बन्न लागेको भन्ने कुरा विभिन्न सञ्चार माध्यममा आएका छन्।

रानीपोखरीको मन्दिर गुम्बज होइन, ग्रन्थकुट शैलीमा

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वरको मन्दिरको गुम्बज शैलीमा पुनर्विचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छन्।

बनेन बालगोपालेश्वर मन्दिर : फोटो राखेर भाइटीका

दिदीबहिनी नभएका दाजुभाइलाई भाइटीका लगाइलिएर खुसी बाँड्दै आएकी अम्बिका कपाली पछिल्ला दुई वर्षदेखि त्यति रमाउन सकेकी छैनन् ।   रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरलाई ०७२ को भूकम्पले भत्काएसँगै उनले उमंगसाथ भाइटीका मनाउन नपाएकी हुन् । वर्षमा एकपल्ट भाइटीकाका दिन मात्र खुल्ने यही मन्दिरभित्र बसेर उनले धेरैलाई भाइटीका लगाइदिँदै आएकी थिइन् । भूकम्पपछि भने उनले मन्दिरको मूलगेटमा मूर्तिको तस्बिर अगाडि राखेर टीका लगाइदिँदै आएकी छन् ।   ‘यसरी भाइटीका लगाउँदा पहिलेजस्तो रमाइलो हुँदैन,’ उनले भनिन्, ‘मन्दिरकै प्रांगणमा लगाउँदा बेग्लै रमाइलो हुन्थ्यो, भत्केको संरचना देख्दा मन खिन्न हुन्छ ।’

यसवर्ष पनि रानीपोखरीस्थित बालगोपालेश्वरको दर्शन गर्न नपाइने

रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन्।

बालगोपालेश्वर पुनर्निर्माण पुरातत्वले गर्ने

जधानीको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण पुरातत्व विभागले आफैं गर्ने भएको छ। यसअघि काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत गरिरहेको पुनर्निर्माण विभागले रोकेको थियो। विभाग, महानगरपालिका, पुनर्निर्माण प्राधिकरणको संयुक्त छलफलपछि विभागले मन्दिर आफैंले पुनर्निर्माण गर्ने भएको हो।

बालगोपालेश्वर मन्दिरको नयाँ डिजाइन

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा आधुनिक निर्माण सामग्री (रड, सिमेन्टलगायत) प्रयोग भएपछि पुनर्निर्माण रोकेको पुरातत्व विभागले मन्दिरको नयाँ डिजाइन तयार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्