१३ मंसिर २०७७ शनिबार

किशोरी बलात्कार प्रकरणमा दुईजना पक्राउ

बैतडीमा सुनको प्रलोभनमा बलात्कार घटना सामसुम पार्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

२३ करोड ठगी उजुरीमा न्यौपाने पक्राउ

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएको प्रकरणमा मुछिएपछि फरार लम्बोदर न्यौपानेविरुद्ध सोही कलेजका अन्य दुई सञ्चालक हरि पाण्डे र दीपक भट्टराईले उजुरी दिएका थिए ।

हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ।

मोरङमा सात जना जुवाडे पक्राउ

मोरङको लेटाङबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ। मंगलबार बिहान २ बजेतिर जुवा खेल्दै गर्दा नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कालिज र बन्दुकसहित पाँच शिकारी पक्राउ

म्याग्दीको बेनी नगरपालिका–४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन् । थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पाँच लाखसहित २४ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ। उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो।

गलत पिसिआर रिपोर्ट दिने भेरी अस्पतालका तीन कर्मचारी पक्राउ

कोरोना भाइरस (कोभिड–१९) को पिसिआरको गलत रिपोर्ट दिने कार्यमा संलग्न रहेको आरोपमा भेरी अस्पताल नेपालगन्जका ३ जना कर्मचारी पक्राउ परेका छन्।

जबरजस्ती करणीका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

गलत पीसीआर रिपोर्ट दिने भेरी अस्पतालका तीन कर्मचारी पक्राउ

कोरोना भाइरस (कोभिड–१९)को पिसिआरको गलत रिपोर्ट दिनमा संलग्न रहेको आरोपमा भेरी अस्पताल नेपालगन्जका ३ जना कर्मचारी पक्राउ परेका छन्।

लागुऔषधसहित दुई महिला पक्राउ

विराटनगरमा दुई महिलालाई लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ। विराटनगर–४ कञ्चनबारीबाट मंगलबार लागुऔषध गाँजा साढे पाँच किलोसहित महिलालाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई ताप्लेजुङ प्रहरी घटनाको १२ वर्षपछि पक्राउ गर्न सफल भएको छ।

प्रलोभनमा पारी यौनशोषण गर्ने पक्राउ

एक वर्षदेखि अनेक प्रलोभनमा पारी यौनशोषण गर्ने सुनसरी देवानगञ्जका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्