८ वैशाख २०८१ शनिबार

साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस

पौडेल पक्षबाट सभापतिका आकांक्षी चार नेता आफ्नो अडानबाट पछि हटेका छैनन्। उनीहरूले आआफ्नै पक्षमा भित्रभित्रै तयारी गरिरहेका छन्। उनीहरू अहिले वडा तहबाटै आफू निकट प्रतिनिधिहरू बढीभन्दा बढी ल्याउने र बलियो भएको सन्देश दिने रणनीतिमा छन्।

कांग्रेस किचलो चर्कंदै

नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने देखिएको छ। सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै विरोधी खेमाले आइतबार पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्