१ मंसिर २०८१ शनिबार
image/svg+xml

पर्सामा डुबेर थप एक बालकको मृत्यु

पर्सामा बाढीमा डुबेर थप एक बालकको मृत्यु भएको छ। यसअघि पनि १४ बर्षमुनिका २ बालकको यसपालिको मुसलधारे पानीले ल्याएको बाढीमा डुबेर मृत्यु भएको थियो। तीन बालक र एक जना बयस्क गरी बगेर र डुबेर मृत्यु हुनेका संख्या पर्सामा ४ पुगेको छ।

तनहुँमा मात्रै एक वर्षमा सडक दुर्घटनामा परी ६१ को मृत्यु

सडक दुर्घटनामा कमी ल्याउन विभिन्न कार्यक्रमहरु चलाइएपनि दुर्घटनामा कमी आउन सकेको छैन्। गत आर्थिक बर्ष २०७५/०७६ मा जिल्लामा भएका सडक दुर्घटनामा ६१ जनाले ज्यान गुमाएका छन्। राजमार्ग तथा ग्रामीण रुटका कच्ची सडकखण्डमा भएका एक सय छ दुर्घटना परी उक्त संख्यामा ज्यान गुमाएका हुन्।

वन्यजन्तुको आक्रमणले एक वर्षमा १२ को मृत्यु

आर्थिक वर्ष २०७५/७६ मा चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा मात्रै वन्यजन्तुको आक्रमणमा परेर १२ जनाको ज्यान गइसकेको छ। पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परेर मंगलबार पनि एकजनाको मृत्यु भएसँगै मृतकको संख्या त्यति पुगेको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार जंगली हात्तीको आक्रमणमा परेर सातजनाले ज्यान गुमाएका छन्। त्यसैगरी बाघ र गैंडाको आक्रमणबाट दुई÷दुई र मगर गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको उनको भनाइछ।

डुबेर बालिकाको मृत्यु

मोरङ सुनवर्षी ४ स्थित पैनीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। एक वेपत्ता भएकी छिन्। मृत्यु हुनेमा इलाम दानावारी —९ का कृष्ण तामाङकी छोरी ८ वर्षीय प्रिति तामाङ छिन्।

हात्तीको आक्रमणबाट एकको मृत्यु

पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परेर एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–७ को बद्रहनी गाउँका ६२ वर्षीय कान्छा दराईलाई हात्तीले आक्रमण गरेको हो ।

गृह मन्त्रालयको तथ्याङ्कः ७८ को मृत्यु, १७ हजार घरधुरी विस्थापित

असार २६ गतेदेखि परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानकाे कारण हालसम्म ७८ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार मंगलबार दिउँसाेसम्म ३२ जना बेपत्ता र ४० जना घाइते भएका छन्।

उदयपुरमा पहिरोले घर पुरेर महिलाको मृत्यु, मुर्कुचीमा बाढी पसेर बालक बेपत्ता

निरन्तर वर्षाका कारण उदयपुरमा पहिरोले घर बगाउँदा एक महिलाको मृत्यु भएको छ। पहिरोले घरसहित बगाउँदा रौतामाई गाउँपालिका ८ डिल्लीबरस्थित गहिरीगाउँकी ५५ वर्षीया रणमाया रिखाम मगरको मृत्यु भएको गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले बताएका छन्।

बाढी पहिरोका कारण मकवानपुरमा मर्नेको संख्या पाँच पुग्यो

मकवानपुरमा बाढी र पहिरोको कारण कको संख्या ५ जना पुगेको छ भने घाइतेको संख्या ३ पुगेको छ। आइतबार राती ईन्द्रसरोवर गाउँपालिका १, मार्खुमा पहिरोले घर पुर्दा घरभित्र सुतिरहेका आमा छोरीको मृत्यु भएको छ।

बाढीपछिको डुबानः २ वर्षीय बालकको घर छेउमै डुबेर मृत्यु

अबिरल वर्षासँगैको बाढीपछि जमेको पानीमा डुबेर रौतहटमा एक बालकको मृत्यु भएको छ।

रुसमा बस दुर्घटना

रुसको स्वायत्त क्षेत्र बाशकोर्टोस्तानमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

उत्तरी अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोट

उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तमा बारुदी सुरुङ बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको सैनिक स्रोतले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्